काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) को स्थायी कमिटी बैठकको एक साता अघिको निष्कर्ष ‘महत्वपूर्ण निर्णय गर्दा पार्टीमा परामर्श गर्ने भन्ने थियो तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यस्तो निर्णयलाई एक सातामा उल्टाई दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पुरानै शैलीमा फर्किएर उनकै पहलमा टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई बिहीबार सांसदको सपथ खुवाउन सभामुखलाइ दबाब दिएका छन् । चौधरीलाई सपथ खुवाउने निर्णय नेकपाका शीर्ष नेताहरुलाई थाहै नदिई प्रधानमन्त्री ओली, प्रचण्डले गरेका थिए ।
दुवै अध्यक्षको दबाब र निर्देशनमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाए पछि नेकपामा भूइँचालो नै गएको छ । टीकापुर घटना र चौधरीबारे ओलीको यूटर्न मात्र होइन, सचिवालय सदस्यहरुलाई आफ्नो पावर हैसियत समेत ओलीले देखाइदिएका छन् । चौधरीको सपथबारे पार्टीको कुनै कमिटीमा छलफल भएको थिएन । शीर्ष नेताहरुसँग परामर्श समेत भएन । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टीले चौधरीको सपथलाई लगातार मुद्दा बनाउँदै आएको थियो ।
राजपाले पुस ९ गते प्रधानमन्त्री ओलीलाई भेटेर संविधान संशोधन, रेशम चौधरीलाई सपथ ग्रहण गराउन लगायतका माग पूरा नगरे समर्थन फिर्ता लिने चेतावनी दिएको थियो । ओलीले ति माग पुरा गराउन एक साताको समय मागेका थिए । उनले दिएको समयसीमा घर्किएको पनि दुई दिन बितेपछि राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले बैठक बसेर सरकारबिरुद्ध अव जेहाद छेड्ने भनेर बुधबार चेतावनी दिएको भोलीपल्टै ओलीले रेशमलाई समथ खुवाइएका हुन् ।
बालुवाटार स्रोतका अनुसार ओलीले बिहीबार विहान पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएका थिए । त्यहीँबाट सभामुख कृष्णबहादुर महरालाई फोन लगाए र चौधरीलाई सपथ खुवाउन भने । प्रधानमन्त्रीकै पहलमा चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार लगियो र सभामुखले पद तथा गोपनियताको सपथ खुवाए ।
नेकपामा असन्तुष्टि
चौधरीको सपथलाई लिएर सत्तारुढ नेकपाका शीर्ष नेताहरुले असन्तुष्टि जनाएका छन् । अनौपचारिक कुराकानीका क्रममा सचिवालय र स्थायी कमिटीका धेरै नेताहरुले वाइडबडी विमान खरिद प्रकरणले बद्नामी कमाएको बेला चौधरीको सपथले सरकार र पार्टी नेतृत्वलाई रक्षात्मक बनाएको तर्क गरेका छन् ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जनताले जिताएर पठाएपछि सपथ खुवाउनु स्वाभाविक भएको तर्क गरेका थिए । उनले संचारकर्मीसँग गोलमोटल जवाफ दिँदै न्यायिक निरुपणको लागि जेल तिरै पठाइएको पनि भनेका थिए । तर, नेकपाका नेताहरु त्यो तर्कमा सन्तुष्ट छैनन् । एक वर्षसम्म किन रेशमलाई सपथ नखुवाई यतिवेलै सपथ गराइयो भन्ने कुराले नेकपामा आशंका उब्जाएको छ ।
हतार हतार जेलबाट लगेर रेशम चौधरीलाई सपथ खुवाउनु पर्ने बाध्यता के आइलाग्यो भन्ने प्रश्नको जवाफ आम मानिस मात्र होइन, सत्तारुढ नेकपाकै नेताहरु खोजिरहेका छन । राजपाले समर्थन फिर्ताको धम्की दिएको भरमा ओली त्रसित भएर यो निर्णय लिन बाध्य भएको बालुवाटार स्रोत बताउँछ । राजपाले समर्थन फिर्ता लिँदा सरकारलाई मनोबैज्ञानिक बाहेक अरु असर पर्दैन । प्रतिनिधिसभामा नेकपाको एकल बहुमत छ, संघीय समाजवादी फोरम सरकारमा संलग्न भए पनि दुई तिहाई पुगेकै छ । पार्टीमा छलफल नगरी एकाएक सपथ खुवाउँदा धेरै नेता आश्चर्यमा परेका छन् ।
चौधरीको सपथ ग्रहणबाट राजपाका नेताहरु भने खुशी देखिएका छन् । राजपा नेता राजेन्द्र महतो सपथपछि ढिलै भए पनि सरकारले जनमतको कदर गरेको प्रतिक्रिया दिएका थिए ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...
काठमाडौं : इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले...