हत्या र दुव्र्यवहारका आरोपी बम्जन आश्रममा छापा – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

हत्या र दुव्र्यवहारका आरोपी बम्जन आश्रममा छापा

काठमाडौं । तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा प्रहरीले छापा मारेको छ । प्रहरीले छापा मारेको ठाउँमै मकवानपुरका सञ्चलाल वाइबाको हत्या भएको हुनसक्ने आशंका गरेको पनि छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ६ बाँडेगाउँको तोड्केमा रहेको बम्जनको आश्रममा जिल्ला प्रहरी कार्यालय र सीआइबीको सयुक्त टोलीले शुक्रबार मध्यान्ह छापा मारेको थियो ।

बम्जनको आश्रमलाई घेरा हाली अनुसन्धान सुरु गरेको प्रहरीले आश्रमभित्र केही शंकास्पद वस्तुहरु भेटिएको जनाएको छ । आश्रमभित्र केही शंकास्पाद सामग्रीहरु फेला परेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बम्जनको आश्रममा रहेका अनुयायीसँग सोधपुछ जारी राखेको छ ।

आश्रमबाट बेपत्ता भएका भनिएका मकवानपुरका सञ्चलाल वाइबाको आफन्तको दाबी अनुसार उनको आश्रमभित्र हत्या भएको थियो र छिटो शव सडाउन २२ प्याकेट नुन प्रयोग भएको थियो । प्रहरीले आश्रमको उत्तरतर्फ करिब ३ सय मिटर नजिकै खोजतलास गर्दा खोलिएको नुनको नौ प्याकेट खोल बरामद गरेको छ । सूचनाकै आधरामा केही स्थानमा खनेर हेर्दा माटो पनि केही कमलो थियो र चार फिट खन्दा नुनको नौ प्याकेटको खोल भेटिएको अनुसन्धानमा खटिएको प्रहरी टोलीले जनाएको छ ।

सञ्चलाल परिवारको दाबी सही हुनसक्ने देखिएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । नुनको प्याकेट बिचबाट च्यातिएकाले पनि शंका गर्नै धेरै ठाउँ रहेको पीडितका आफन्तले जनाएका छन् । प्रहरीले बम्जनको शिविरको पुरै क्षेत्रमा खानतलासी गर्नुका साथै शंकास्पद स्थानमा खनेर हेरेको छ । तर, शव वा कंकाल केही भेटिएको छैन । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार सञ्चलालको हत्या भएको हल्ला चलेपछि बम्जनका समर्थकले शव अन्यत्र लगेर जलाएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

२०७१ साल चैत १५ गतेसम्म परिवारको सम्र्पकमा रहेका सञ्चलालले त्यही दिन साँझ छोरा महेन्द्रसँग फोनमा कुराकानी गरेका थिए । त्यसबेला उनले आफू बम्जनको शिविरमा रहेको र भोलि घर आउने बताएका थिए तर, घर फर्किएनन् । अन्यत्र कतै होला भनेर खोजी नगरेको वाइबाको परिवारले जानकारी दिएका छन् । लामो समयसम्म पनि सम्र्पकमा नआएको र आश्रममा बस्ने आनीहरुले बाबुको हत्या भएको भन्ने सूचना दिएपछि खोजी गरेको महेन्द्रले बताए । सञ्चलाल परिवारको उजुरीका आधारमा प्रहरीले अदालतबाट अनुमति दिएर आश्रममा छापा मारेको छ ।

८० रोपनी क्षेत्रफलमा आश्रम
इन्द्रावती गाउँपालिका ६ बाँडेगाउँको तोड्के जंगलमा रहेको बम्जनको आश्रम सदमुकाम चौताराबाट ४ घण्टा लाग्छ । बाँडेगाउँको स्थानीय हबेलीसम्म सडक पुगेपनि बम्जनको आश्रम सम्म पुग्न आधा घण्टा पैदल हिड्न पर्छ । थलडाँडाबाट आधा घण्टा ओरालो लागेपनि जंगलको बिचमा रहेको बम्जनको आश्रममा पुगिन्छ । जंगलको बिचमा वरिपरी काँडेतारले घेरिएको बम्जनको आश्रम सामान्य छ । श्रममा साना ठुला आठ वटा जस्ताको टहरो बनाइएको छ ।

८० रोपनी क्षेत्रफलमा बम्जनको आश्रम फैलिएको छ । आश्रम व्यवस्थापन समितिका अध्यक्ष विदुर तामाङले सहयोगीहरुले जग्गा निःशुल्क दान दिएको दाबी गरेका छन् । आश्रममा सार्वसाधारणलाई प्रवेश अनुमति नभएको आसपासमा भेटिएका स्थानीयले बताए । ‘व्यवस्थापन समितिमा भएकाहरु पनि अनुमति लिए मात्र प्रवेश गर्न पाउँछन, अन्यलाई अनुमती छैन’ आश्रम बाहिर रहेका एक स्थानीयले भने ।

२०७२ बैशाखमा भूकम्प जाँदा बम्जन बाडेगाउँकै आश्रममा थिए । तर भूकम्प गएको केही महिनापछि बम्जनले आश्रम छाडेको स्थानीयले जानकारी दिएका छन् । बम्जन सिन्धुलीमा रहेको आश्रममा गएको स्रोतको दाबी छ । बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट केही वर्षयता केही आनीहरु सम्पर्कविहीन भएको खबर हालै मात्र सार्वजनिक भएको थियो । परिवारका सदस्यहरुले पनि प्रहरीमा उजुरी दिएका छन् । सञ्चलाल वाइबा बम्जनको आश्रमबाटै बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा केही दिनअघि उजुरी परेको थियो । वाइबाका आफन्तहरुले भने तपस्वी बम्जनको आदेशमा हत्या गरेर शव आश्रम आसपासमै अन्त्येष्टि गरेको हुन सक्ने आशंका गरेका छन् । उजुरीका आधारमा बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको थियो ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७५ पुष २३, १०: ०८

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७५ पुष २३, १०: ०८

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७५ पुष २३, १०: ०८

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...