महालेखा प्रतिवेदनलेनै देखाएको अनियमितता – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

महालेखा प्रतिवेदनलेनै देखाएको अनियमितता

वायुसेवा निगमले पहिलो वाइडबडी विमान असार १४ गते र दोस्रो विमान साउन १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको थियो । दुवै जहाज खरिद प्रकरणमा अनियमिता भएको ठहरसहित उपसमितिले बुधबार प्रतिवेदन बुझाए पनि सो खरिद प्रकरण ऐन बमोजिम छैन भनेर महालेखाको प्रतिवेदनले नै औंल्याएको थियो ।

अनियमितताको विषय महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनमा उल्लेख थियो । यो प्रतिवेदनले अनियमितता भएको औंल्याएपछि नै वाइडबडी विमान खरिद प्रकरणले चर्चा पाएको हो । लेखा समितिअन्तर्गतको उपसमितिले पनि महालेखाको प्रतिवेदनलाई नै पहिलो आधार मानेर छानविन प्रतिवेदन तयार पारेको छ । निगमले ल्याएको दुईवटा वाइडवडी विमान खरिद प्रकरणमा अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनमा जनाइएको छ ।

महालेखाले किटान गरेर अनियमितता भएको उल्लेख गरेपछि यो प्रकरणमा लेखा समितिको ध्यानाकर्षण भएको हो । विमान खरिदका लागि १ मार्च २०१७ मा अमेरिकी डलर १० लाख र १९ जून २०१७ मा अमेरिकी डलर ७ करोड ९० लाख गरी अमेरिकी डलर ८ करोड पेस्की दिएको भन्दै खरिद प्रकरणमा महालेखाले अनियमितता भएको ठोकुवा गरेको छ ।

महालेखाको प्रतिवेदनमा भनिएको छ “नेपाल वायुसेवा निगमको आर्थिक विनियमावली, २०६५ को विनियम २३६ ९१० अनुसार निर्माता कम्पनी सँग मात्र नयाँ विमान खरिद गर्न सकिनेमा विमान निर्माता कम्पनीसँग खरिद नगरी १ हजार घण्टा उडेको भनी पुरानो विमान खरिद गर्ने प्रक्रिया अपनाई अन्य आपूर्तिकर्तासँग नयाँ विमान रोल्स रोएस ट्रेन्ट ७७२ बी इन्जिन जडान भएको र प्रत्येकमा १८ बिजिनेस क्लास र २३८ देखि २६२ सम्म इकोनोमी क्लासका सिट क्षमता भएका ए ३३०–२०० दुई वाइड बडी खरिद गर्न सम्झौता गरेको छ ।”

बिक्री पश्चातको मेन्टिनेन्स सेवा तथा पार्टपूर्जा आपूर्तिमा हुनसक्ने उपलब्धि, तालिम, प्राविधिक सहयोग र वारेन्टी जस्ता पक्षलाई महत्व नदिई बिचौलियाका रुपमा रहेका आपूर्तिकर्तामार्फत एयरबस कम्पनीको विमान खरिद गर्ने सम्झौता गरे गराएको कानुनसम्मत देखिएन । एयरबसको वेबसाइटमा उल्लेखित सूचीकृत मूल्यमा एयरबस कम्पनीले बिक्रीमा ठूलो छुट दिने गरेको पाइन्छ । विगतमा एयरबसको न्यारोबडी विमान खरिद गरेको र हाल एयरबससँग निगमको प्रत्यक्ष सञ्चार सम्पर्क रहेको अवस्थामा एयरबससँग सोझै खरिद गर्दा तिर्नुपर्ने मुल्य र बोलपत्रबाट कायम मूल्यबीच तुलना गर्न सकिने अवस्थामा तुलना गरेको छैन । आपूर्तिकर्ताले निश्चित रकम नाफा नलिई विमान आपूर्ति गर्ने सम्भावना नरहने हुँदा निगमले गरेको सम्झौता मूल्य मितव्ययी भएको यकिन गर्न सकिने अवस्था देखिएन ।”

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ पुष २३, १०: १८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७५ पुष २३, १०: १८

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७५ पुष २३, १०: १८

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...