मन्त्रीहरुले समय दिन नसक्दा नेकपाको काम प्रभावित – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

मन्त्रीहरुले समय दिन नसक्दा नेकपाको काम प्रभावित

काठमाडौं । पुस महिनाभित्र स्थायी कमिटी बैठक बसेर पार्टी एकीकरणको काम टुंगो लगाउने नेकपा अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धता पूरा नहुने तथा मन्त्रीहरुले समय दिन नसकेपछि ९ सदस्यीय कार्यदलकै काम नसकिएकाले पुस मसान्तको ‘डेडलाइन अन्यौलमा परेको छ ।

नेकपाको स्थायी कमिटी बैठकले विधानका त्रुटी सच्याउने, प्रदेश कमिटी गठनको सन्दर्भ र पार्टीका अन्य कमिटी तथा जनवर्गीय संगठनहरु एकीकरणसहितको प्रस्ताव तयार गर्न ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई पुस २५ भन्दाअघि नै आफ्नो प्रस्ताव पेश गर्न अध्यक्षद्धय ओली र प्रचण्डले निर्देशन दिएका थिए ।

पुसभित्रै स्थायी कमिटीको अर्को बैठक बसेर सो प्रस्तावबमोजिम बाँकी काम टुंग्याउने र माघ महिनाभर सबै कमिटी एकीकरण सकेर भेला बैठक आयोजना गर्ने अध्यक्षहरुको प्रस्ताव छ । फागुन र चैतमा देशभर अभियान चलाउने निर्णय समेत नेकपाले गरिसकेको छ ।

कार्यदलमा संयोजक रामबहादुर थापासहितका नेताहरु मन्त्रालयको काममा व्यस्त रहँदा बैठक निरन्तर हुन नसकेको एक सदस्यले बताए । कार्यदलमा गृहमन्त्री बादल, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र प्रदेश ५ का मुख्यन्त्री शंकर पोखरेल छन् ।

मन्त्री नभएका नेताहरु महासचिव बिष्णु पौडेल तथा स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, बेदुराम भुसाल र लेखराज भट्ट छन् । मन्त्रीको व्यस्तताका कारण लगातार बैठक बसेर प्रस्ताव तयार गर्न नसकिएको ती नेताले बताए ।

प्रदेश कमिटी गठनको मापदण्ड नमिलेको भन्दै माधव नेपाल पक्षले असहमति जनाउँदै आएको छ । मुख्यन्त्रीहरुलाई प्रदेशको इञ्चार्ज बनाइएकोमा सो निर्णय उल्ट्याउने प्रस्ताव नेपाल पक्षको छ । तर, प्रदेश ५ का मुख्यन्त्री तथा इञ्चार्ज शंकर पोखरेल नै कार्यदलमा रहेकाले यसमा सहमति हुने सम्भावना छैन ।

प्रदेश कमिटीमा अध्यक्ष र सचिवलाई विधानले कार्यकारी अधिकार दिएकाले इञ्चार्ज कार्यकारी जिम्मेवारी नरहेको तर्क ओली पक्षको छ ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०७५ पुष २४, ०८: ४१

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७५ पुष २४, ०८: ४१

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७५ पुष २४, ०८: ४१

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...