महानिर्देशकनै स्वीकार्छन यातायातमा घुसको लेनदेन – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

महानिर्देशकनै स्वीकार्छन यातायातमा घुसको लेनदेन

काठमाडौं । यातायात कार्यालयमा खुलेआम घुसको लेनदेन हुने कुरा सर्वसाधरण सबैलाई थाहा भएकै कुरा हो तर यो गोप्य कुरा नरहेको कुरा यातायात व्यवस्था विभागका महानिर्देशकलेनै स्वीकारेका छन् । यातायातका आधा कर्मचारी अख्तियारको फन्दामा परेको र कर्मचारीको सख्यानै कम भएको स्वीकारेपछि भ्रष्टाचार र घुस यातायातमा कति हुन्छ भन्ने प्रष्ट हुन्छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले शुक्रबार संघीय संसदको विधायन व्यवस्थापन समिति बैठकमा ५० प्रतिशत कर्मचारीमाथि मुद्दा परेको र काम गर्ने कर्मचारीको अभाव भएको बताए । उनले अख्तियारको जालमा फसेका कर्मचारीको हिसाव गर्दा पचास प्रतिशत भन्दा बढी भएको भन्दै कर्मचारी अभावमा यातायात व्यवस्था कार्यालयमा काम हुन नसकेको बताएका थिए ।

एकातिर कर्मचारीमाथि अख्तियारले मुद्दा चलाएपछि काम प्रभावित भएको बताउने महानिर्देशक ढकालले नेताले प्रचारकै लागि योजना बनाउँदा दुःख पाएको पनि सुनाएका थिए । उनले स्मार्ट लाईसेन्स वितरणमा राजनीतिक नेतृत्वले सस्तो लोकप्रियताको लागि प्रचार गर्दा विभागले दुख पाएको खुलासा गरे ।

अख्तियारले बुधवारमात्रै यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध गैरकानुनी रुपमा एक करोड ३४ लाख पाँच सय ७६ रुपैया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । सरकारले सार्वजनिक सेवालाई व्यवस्थित बनाउदै गएको दावी गरेको छ । भ्रष्टाचारमा शुन्य सहनशिलताको निति लिएको छ । तर, यातायातका कर्मचारी अझै सुध्रेका छैनन ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०७५ पुष ३०, ०८: ३४

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७५ पुष ३०, ०८: ३४

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७५ पुष ३०, ०८: ३४

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...