काठमाडौं । एकीकरणको डेढ वर्ष नबित्दै विवेकशील साझा पार्टी विभाजित हुँदा सो पार्टीमा रुवावासी र सन्नाटा छाएको छ । विवेकशील साझाका दुई संयोजकमध्येका एक उज्जव थापाले शुक्रबार आफ्नो नेतृत्वको पूर्व विवेकशिलबाट केन्द्रीय सदस्य बनेका १६ जनाको हस्ताक्षर बेग्लै पार्टी निर्वाचन आयोगमा दर्ता गर्न निवेदन दिएका थिए । थापा नेतृत्वको विवेकशिल नेपाली र रविन्द्र मिश्रको साझा पार्टीबीच ०७४ साउन ११ गते एकीकरण भएको थियो ।
विवेकशिल नेपाली पुरानो पार्टीको नाममा निवेदन दिने थापाको पक्षमा रन्जु दर्शना (न्यौपाने), साधना राई, सुबुना बस्नेत, अजित राई, अनुषा थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्दनारायण तिमल्सिना, रमेश पौड्याल, शशिविक्रम कार्र्की ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी र अर्जनसिंह ठकुरी थापा रहेका छन् । विवेकशील साझाका संयोजक तथा पूर्वसचारकर्मी रविन्द्र मिश्रमाथि पुरानै राजनीतिक चरित्र पछ्याउँदै आफूखुशी केन्द्रीय सदस्य बनाउन थालेको आरोप थापा पक्षले लगाएको थियो ।
रविन्द्र मिश्रले उज्वल थापासँग आफूहरुको प्रेम लामो समय टिक्न नसकेको स्वीकारेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरुले जनताको आशा र भरोसा गरेको पार्टी विभाजनले कार्यकर्ता र शुभचिन्तकको मनमा ठेस लागेको बताएका थिए । विवेकशील साझाका प्रवक्ता समेत रहेका डा. सुरेशराज आचार्य भने सार्वजनिक कार्यक्रममै भक्कानिएर रोहएका थिए । तथापी उनीहरुले एक अर्का बुझ्न नसकेको, लक्ष्य एउटै भए पनि बाटो र प्रक्रिया फरक भएको जस्ता कारणले पार्टी फूटेको स्वीकारेका छन् ।
पार्टी विभाजनसँगै विवेकशीलसँग रमेश पौडेलसहित दुई जना प्रदेश सांसद गएका छन् । विवेकशील साझामा रविन्द्र मिश्रसँग आचार्य, मुमाराम खनाल, केशव दाहाल, प्रकाशचन्द्र परियार जस्ता नेताहरु रहेका छन् ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...