सामाजिक सञ्जालमा तस्बीर र भिडियो दुरुपयोग गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

सामाजिक सञ्जालमा तस्बीर र भिडियो दुरुपयोग गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी


नयाँ विकल्प,

काठमाडौं – गृह मन्त्रालयले सुरक्षा निकायका तस्बीर तथा भिडियो दुरुपयोग गरी भ्रामक एवं झुटा शीर्षक राखी सम्पादित सामग्री सामाजिक सञ्जालमा राख्ने विरुद्ध कारबाही हुने जनाएको छ । यस्ता गतिविधिले समाजमा उत्तेजना र अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पु¥याउने भन्दै मन्त्रालयले यस्ता गतिविधि गरेको पाइएमा नजिकको प्रहरी वा प्रशासन कार्यालयमा खबर गर्न सर्वसाधारणमा आग्रह गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी प्रविधिको प्रयोग गरी युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागसँग सम्बन्धीका भिडियो तथा तस्बीरहरू राखी प्रकाशन तथा शेयर गरी आफबाह फैलाउने प्रवृत्ति देखिएको जनाएको छ ।

मन्त्रालयले त्यस्ता व्यक्तिलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ । यसैबीच मन्त्रालयले विसं २०७९ मा हुने बिदाका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट प्रकाशन भएका भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७८ फाल्गुन २०, २१: ५३

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७८ फाल्गुन २०, २१: ५३

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७८ फाल्गुन २०, २१: ५३

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...