सर्वोच्चको आदेशपछि सुमार्गीसँग प्रचण्ड झसंग – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

सर्वोच्चको आदेशपछि सुमार्गीसँग प्रचण्ड झसंग

काठमाडौं । चर्चित व्यवसायी अजेयराज सुमार्गीले बैंक खाताबाट झिकेको रकम फिर्ता गर्ने विषयमा सर्वोच्च अदालतले आदेश दिएपछि यतिवेला सत्तारुढ पार्टी नेकपाभित्र भुईँचालो गएको छ ।

सर्वोच्च अदालतकै अन्तरिम आदेश बमोजिम विदेशबाट आएको रकम झिकेका सुमार्गीलाई अहिले अदालतकै आदेशबाट सो रकम फिर्ता गर्न आदेश दिएपछि नेकपाभित्र त्रास र बबण्डर भएको छ । सर्वोच्च अदालतले गरेको फैसलाको पत्र आउनासाथ सुमार्गीबाट रकम फिर्ता लिने प्रकृया अघि बढाउन नेपाल राष्ट्र बैंकले निर्देशन समेत गरेको छ ।

सुमार्गी सञ्चालक रहेको मुक्तीश्री सिमेन्ट उद्योगका नाममा आएको नेपाल इन्भेस्टमेन्ट बैंकका नाममा रहेको रकम शंकास्पद देखिएकाले उनले निकालेको पैसा फिर्ता गर्न सर्वोच्च अदालतले गत साता आदेश दिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश आनन्द मोहन भट्टराईको संयुक्त इजलासले न्यायाधीश दिपकराज जोशीबाट करिव एक बर्षअघि भएको अल्पकालिन अन्तरिम आदेश बिहीबार खारेज गरेको थियो । बैंकबाट सुमार्गीले झिकेको रकम फिर्ता गर्न राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई सर्वोच्चले आदेश दिएको थियो ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र समेत भनेर चिनिएका समार्गीलाई मनी लाउन्ड्रिङको केसमा गत बर्ष नै फसाउन खोजिएको थियो । तत्कालिन सम्पति सुद्धिकरण विभागले उनलाई फसाउन खोजेपछि पचण्डले कार्की थरका एक प्रहरी अधिकृतलाई हप्काएर पठाएका थिए ।

सुमार्गीको लगानीलाई लिएर विबादमा आफूलाई समेत तान्ने प्रयास भइरहेको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला निकै रुष्ट र आक्रामक समेत हुन थालेका छन् । उनले यो विषयमा पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसमक्ष समेत गुनासो गरिरहेको बुझिएको छ । यो संयोग हो वा नियती भन्ने बारेमा सुमार्गीले आफ्ना व्यवसायिक साझेदार र सत्तारुढ दलका शीर्ष नेतासँग छलफल गरिरहेको स्रोतले बतायो ।

सुमार्गीले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलास सिरोहियाले आफूसँग गोल्डेन सेयर माग गरेर वार्गेनिङ गरेको भन्दै गतबर्ष पत्रकार सम्मेलन गरेका थिए । सोही समयदेखि सुमार्गी र सिरोहियाबीचको सम्वन्ध पानी बाराबारको थियो ।

हालै मात्र सुमार्गीबाट आफ्नो पब्लिकेसन्स हाउस खरिद होस भन्ने चाहना राखेका नागरिक दैनिकको प्रकाशक रिपब्लिका मिडिया प्रालिका अध्यक्ष बिनोदराज ज्ञावली समेत सुमार्गीसँग रुष्ट बनेका छन् । २ अर्बमा नागरिक दैनिक बेच्ने ज्ञवालीको प्रस्तावलाई सुमार्गीले अस्वीकार गरेपछि ज्ञवलीले सुमार्गी ठुला मिडियाका साहुजीहरुबाट एक्लिदै गएका हुन् । सुमार्गीले अर्बौको लगानीमा नयाँ मिडिया हाउस ल्याउन लागेको थाहा पाए पछि कान्तिपुर र नागरिकका मालिकहरु सुमार्गीबिरुद्धको मोर्चाबन्दीमा लागेको सुमार्गी निकट स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७५ पुष ३०, ०८: ४४

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...

यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
  • २०७५ पुष ३०, ०८: ४४

काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...

बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
  • २०७५ पुष ३०, ०८: ४४

काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...