मन्त्रालयमा मन्त्री पठाउन र इन्धनमा कोटा तोक्न समितिको निर्देशन – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

मन्त्रालयमा मन्त्री पठाउन र इन्धनमा कोटा तोक्न समितिको निर्देशन


नयाँ विकल्प,

काठमाडौं -प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले वाणिज्य तथा आपुर्ति मन्त्रालयमा तत्काल मन्त्री पठाएर इन्धनको बढ्दो मूल्यका कारण उत्पन्न परिस्थितिलाई नियन्त्रणमा राख्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेकाले पेट्रोलियम पदार्थको खपत घटाउने सबै उपाय अपनाउन पनि निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले खपत घटाउने गरी काम गर्न भनेको छ ।

समितिले सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नेदेखि इन्धन बिक्रीमा कोटा तोक्ने तथा भारतीय सवारी साधनलाई नेपालमा इन्धन भर्न रोक लगाउनेसम्मको उपाय अबलम्बन गर्न निर्देशन दिइएको छ ।

समितिमा अत्यवश्यक वस्तुको आपूर्ति व्यवस्था जटिलतातर्फ अघि बढेको बेला मन्त्रालय मन्त्री समेत नभएकाले तत्काल पठाउन भन्दै मन्त्री नियुक्ति नभए अव बस्ने समति बैठकमा प्रधानमन्त्रीलाई जवाफका लागि बोलाउने निर्णय भएको समितिले जनाएको छ ।

सम्बन्धित समाचार

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७८ फाल्गुन २५, २०: ५०

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७८ फाल्गुन २५, २०: ५०

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७८ फाल्गुन २५, २०: ५०

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...