कर्मचारीले धमाधम समायोजन फारम भर्दै – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

कर्मचारीले धमाधम समायोजन फारम भर्दै

काठमाडौं । ५९ हजार ७ सय ९८ जना कर्मचारीहरुले समायोजन रोजेका छन् । यसमा निजामती कर्मचारीको संख्या मात्र ५८ हजार छ । समायोजन फारम भर्ने अन्तिम दिन बुधबारसम्म रहेको छ भने एक हप्तापछि माथिल्लो तहका कर्मचारीबाट समायोजन सुरु गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार माघ १ गते साढे १० बजेसम्म ५९ हजार ७ सय ९८ कर्मचारीहरुले फारम सबमिट गरेका छन् र थप १४ हजार जना सिस्टममा इङ्गेज देखिन्छन् । यो सबै हेर्दा ७३ हजार ४१ कर्मचारी समायोजनमा आएका छन् । सिस्टममा इङ्गेज भएकाहरुले लगइन गरेर आफ्नो विवरण भरिरहेको हुनसक्ने मन्त्रालयको अनुमान छ । प्रवक्ताले, अनलाइन फारम भर्ने म्याद भने नथपिने बताएका छन् ।

मन्त्रालयले कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न अनलाइनमार्फत आवेदन आह्वान गरेको थियो । २१ दिने म्याद राखेर गत पुस १३ गतेदेखि अनलाइन आवेदन फारम खुल्ला गरिएको थियो ।

कर्मचारीले धमाधम अनलाइन फारम भर्न थालेपछि मन्त्रालयका अधिकारीहरु उत्साहित छन् । र, अनलाइन फारम भर्ने म्याद नथप्ने पक्षमा छन् । मन्त्रालयका प्रवक्त सुरेश अधिकारीले ‘७३ हजार कर्मचारी समायोजनमा आउनु भनेको करिब ८८ प्रतिशतले समायोजन रोजेको हो । अब थप समय दिने पक्षमा मन्त्रालय नभएको बताए । कर्मचारीको कुल दरबन्दी ८९ हजार छ । तर, केही पदहरु अतिरिक्त समूहमा छन् ।

महालेखा परीक्षक अन्तर्गतका कर्मचारीले समायोजन फारम भर्नुपर्दैन । त्यसैगरी अवकाश हुन केही समय बाँकी भएकालाई पनि फारम भर्न अनिवार्य छैन । यस्तो अवस्थामा बुधबार अन्तिम दिनसम्म ८३ हजार कर्मचारीले समायोजन फारम भर्ने अनुमान छ ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७५ माघ १, ०७: ४०

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७५ माघ १, ०७: ४०

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७५ माघ १, ०७: ४०

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...