चोभारवासी पक्राउ र नजरबन्दमा राखेर सुख्खा बन्दरगाहको शिलान्यास – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

चोभारवासी पक्राउ र नजरबन्दमा राखेर सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौं । राजधानीको चोभारमा रहेको सिमेन्ट कारखानालाई हटाएर खाली राखिएको जग्गामा सुख्खा बन्दरगाह बनाउने भनी सरकारले गरेको निर्णयप्रति स्थानीयवासीले असहमति र असन्तुष्टी व्यक्त गरेका छन् ।

उनीहरुले सुख्खा बन्दरगाह उद्घाटन गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नारा जुलुस, प्रदर्शन मात्र गरेनन् कि नजरबन्दमा नै बस्नु पर्यो । प्रधानमन्त्री ओली बिहीबार सुख्खा बन्दरगाह शिलान्यास गर्न चोभार पुग्दा स्थानीयवासिन्दा एक जनाको पनि सहभागिता थिएन ।

चोभारमा दुई हजार बढी शसस्त्र र नेपाल प्रहरीको घेरामा बन्दरगाह सिलान्यास गर्न पुगेका प्रधानमन्त्री ओलीले यति धेरै असुरक्षीत महसुस गर्नु प¥यो कि उनी हिँड्ने बाटोमा समेत बल्खुदेखि प्रहरीलाई पहरा दिन लगाइएको थियो । स्थानीय जनताको बिरोध यतिसम्म थियो कि प्रहरीले चोभारका प्रत्येक घर भित्र र छतमा हतियारसहित प्रवेश गरेर स्थानीयलाई बिना कारण बन्दुक र लठठीको बलमा नियन्त्रणमा लिएको थियो ।

शाही सत्ताको समयमा तत्कालिन राजा ज्ञानेन्द्र शाहको सवारीमा वा कफर््युको शैलीमा प्रहरीले सर्वसाधरणलाई बाटो हिंड्न समेत रोक लगाएको थियो । चोभारवासी बन्दरगाह निर्माणको विरोधमा रहेको थाहा पाउँदा पाउँदै प्रधानमन्त्री ओलीले प्रहरी लगाएर बिरोधमा उत्रिएका स्थानीय वासीलाई गिरफ्तार समेत गरेका थिए । सरकारले बन्दरगाह बनाउन २ सय १५ रोपनी जग्गा आफूहरुको हडपेको चोभारवासीको भनाइ छ ।

आफूहरुको जग्गा फिर्ता पाउनुुपर्ने माग गर्दै बिरोधमा उत्रिएका स्थानीयको माग पुरा नगरी प्रहरीको घेरामा शिलान्यास गरेपछि यो घटनालाई आम सर्वसाधरणले सरकारले दमनको नीति लिएको भन्दै आलोचना गरेका छन् । शिलन्यासको लागि प्रधानमन्त्री ओली पुग्नुअघि प्रहरीले दर्जनौं स्थानीयलाई पक्राउ गरेको थियो ।

स्थानीयवासीले शिलान्यान्यासस्थल वरीपरी लगाइएको जस्तापाताको बार पनि भत्काइ दिएपछि प्रहरीले आक्रोसित भइ कालोझण्डा देखाएर बिरोध गर्नेहरुलाई गिरिफ्तार गरेको थियो । सुख्खा बन्दरगाह नजिकैको जल विनायक मार्गमा कोही बोल्न सक्ने अवस्था थिएन ।

संघर्ष समितिका संयोजक पञ्चलाल महर्जनले बिहिबार बिहानैदेखि जसलाई भेट्यो, उसलाई पक्रने र बाँकीलाई घरघरमै थुन्ने काम प्रहरीले गरेका कारण चोभारवासीमा त्रास फैलिएको बताए । उनले ५४ जना दिनभर प्रहरीको खोरमा थुनिएको र वाँकी सबैलाई घरबाट वाहिर जान नदिइ घरमै थुनेर राखेको जानकारी दिएका छन् ।

चोभारका जनतालाई राणा शासन र पञ्चायती व्यवस्थाले भन्दा ठुलो त्रास देखाइएको भन्दै स्थानीय वासीले प्रहरीले जुनसुकै बेला थुन्ने प्रक्राउ गर्ने र घरभित्रै नजरबन्दमा राख्ने गरेकोले बिहीबार राति घर छाडेर अन्यत्र भागेका थिए । चोभार संरक्षण समितिका अध्यक्ष महर्जनलाई समेत प्रहरीले बिहीबार बिहान ८ बजे चोकतिर जादै गर्दा मलाई अपहरण शैलीमा नियन्त्रणमा लिएको थियो ।

उनीलाई प्रहरीले बिना कारण नियन्त्रणमा लिएपछि विहीबार साँझदेखि चोभारमा त्रास फैलिएसँगै गाउँका वासिन्दानै राति अन्यत्रै सुत्न गएका थिए । बिहीबार बिहान आएका प्रहरीहरुले घरमा रहेकाहरुलाई ढोका लगाएर घरभित्रै बस्न आदेश दिएको र बाहिर हिँडिरहेकालाई समातेर भ्यानमा कोचेको थियो । त्यसरी समातिनेमा १५ वर्ष एक किशोरदेखि ७५ बर्षका बृद्धलाई समेत प्रहरीले कठालो समाउँदै लठ्ठीले घोच्दै भ्यानमा हालेका थिए ।

चोभारमा सुख्खा बन्दरगाह बन्ने निर्णय हुँदानै स्थानीय बासिन्दाले हिमाल सिमेन्ट कारखानाका संचालनमा आउँदा आफूहरु पीडित भएको र सिमेन्ट कारखानाले पु¥याएको क्षतिको लागि उचित राहत दिन माग गर्दै आएका थिए । २१५ रोपनी जग्गाको मुआब्जा, सिमेन्टका कर्मचारीको बाँकी रहेको १९ महिनाको तलब र सहमति अनुसार क्षतिपुर्ति पाउनुपर्ने उनीहरुको माग छ ।

चोभार संरक्षण समितिका संयोजक महर्जनका अनुसार सिमेन्ट उद्योग सञ्चालन हुँदा मानव वस्तीमा पुगेको वातावरणीय र भौतिक क्षति मुल्यांकन गरेर क्षतिपूर्ति दिन सरकार पहिल्यै सहमत भएको थियो । स्थानीयवासी पर्यटकीय क्षेत्र चोभारलाई खुला ठाउँको रुपमा विकास गर्न चाहन्छन् । भौतिक संरचनानै निर्माण गर्ने भए पहिला आफ्ना मागहरुको सुनवाई हुनुपर्ने चोभारवासीको माग छ ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७५ माघ ७, ०९: ०६

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७५ माघ ७, ०९: ०६

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७५ माघ ७, ०९: ०६

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...