हेटौँडा । मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलका सञ्चालक एवम् सञ्चारकर्मी मनोहर ढकालको रहस्यमय हत्या भएको घटनाले नेपाल पत्रकार महासंघ लगायत पत्रपत्रिका सम्बन्धित संघसंस्थालाई स्तब्ध बनाएको छ । एक सञ्चारकर्मीमाथि दिनडाहाडै खुल्ला सडकमा हत्या हुँदा सञ्चारकर्मीमाथि भएको आक्रमण र हत्याको जतिसुकै भत्र्सना गरेपनि कमै हुन्छ । ढकाल आफ्नो कार्य सम्पादन गरी फर्कने क्रममा हेटौडा–१ भैरवडाँडा जाने सडकमा मृत्यु भएको अवस्थामा पुस २५ गते साँझ ६ बजे फेला परेका थिए ।
पत्रकार मनोहर ढकालको हत्या आरोपमा पक्राउ गरी प्रहरीले शनिबार दुई जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा छन् । आरोपीद्वयले पत्रकार ढकालको घाँटी थिचेर तथामुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ । त्यस्तै दिनेश मोबाइल एण्ड इलेक्टोनिक्स सेन्टरका दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
आरोपीसँग विनाबिल मोबाइल तथा सुनको औँठी किनेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । लुटपाटका कारण हत्या गरेको भनिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
उक्त घटनाको सत्यतथ्य छानविन गरी मकवानपुरवासी लगायत सञ्चारसँग सम्बन्धित संघसंस्थाले प्रहरी समक्ष जोडतोडका साथ लागेका कारण हत्यारासमेत पत्ता लगाउन प्रहरी सफल भएको छ । शनिवार प्रहरीले दुई हत्यारा र हत्यारासँग सामान किनेको आरोपमा अन्य दुईलाई सार्वजनिक गरेको छ । हत्याराले मनोहर ढकाललाई ढुंगाले हानेर मारेको स्वीकारेका छन् ।
यस्ता अपराधी हत्यारालाई जतिसुकै सजाय दिएपनि पुग्दैन । यसैअनुरुप नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघसंस्थाले हत्याको भत्र्सना गर्दै घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै नेपालवाणी मिडिया ग्रुप सञ्चारकर्मीमाथि भएको हत्याको घोर भत्र्सना र दोषीमाथि कडाभन्दा कडा कार्वाहि गर्न सरकारसमक्ष गर्दछ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...