काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ समर्थन प्राप्त सरकारका उपप्रधामन्त्री तथा सत्तारुढ घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएमा सरकार छोड्ने चेतावनी दिएका छन् ।
दुई साता अघि मात्र संयुक्त सरकारको अवधारणा र भावना बमोजिम सरकार चल्न नकसेको भन्दै असन्तुष्टी व्यक्त गरेका यादबले शनिबार मधेश आन्दोलनका क्रममा शहीद भएकाको सम्झनामा लहानमा आयोजित १२औँ बलिदानी दिवस तथा सम्मान कार्यक्रममा यस्तो चेतावनी दिएका हुन् ।
मधेश केन्द्रीत अर्को प्रतिष्पर्धी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलले प्रधानमन्त्री ओलीसँग संविधान संशोधन लगायतका माग संवोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने चेतावनी दिएको एक साता नबित्दै फोरम अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले सरकारसँग ११ बुँदे माग राख्दै प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।
उपप्रधानमन्त्री यादवले संविधान संशोधन गर्ने उदेश्यले नै पार्टी सरकारमा सहभागी भएको दाबी गर्दै मधेशीको हकअधिकार र पहिचानका लागि संविधान संशोधन नगरे सरकारबाट बाहिरिने चेतावनी दिए ।
उनले मधेशी, दलित, मुस्लिम, जनजाति लगायतमाथि अझै विभेद कायम रहेकोले संविधान संशोधन गर्न तयार नभए संघर्षको लागि तयार रहनसमेत मधेशी समुदायसँग अपिल गरे । यादवले गरीबी, बेरोजगारी र अशिक्षा अन्त्य नभएसम्म मुलुकको विकास सम्भव नभएकाले यसलाई अन्त्य गर्न सरकार अघि बढेको भने भन्न चुकेनन् । सरकारका तर्फबाट मधेशमा शिक्षा, स्वास्थ्य लगायतको विकासका लागि योजना अघि सारिसकेको उनले दाबी गरे ।
प्रदेश नम्वर २ का मुख्य मन्त्री लालबाबु राउतले प्रदेशभित्रका बेरोजगारी युवालाई रोजगारी दिने कार्यक्रम प्रदेश सरकारले शुरु गरिसकेको दाबी गरे । उनले शहीदको सपनालाई प्रदेश सरकारले तुहिन नदिने प्रतिवद्धता व्यक्त गरे ।
लहानस्थित पशुपति आदर्श माविको खेलमैदानमा आयोजित कार्यक्रममा प्रदेश २ सरकारका भौतिक योजनामन्त्री जितेन्द्र सोनल, वनमन्त्री रामनरेश राय, भूमि व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह, अर्थमन्त्री विजय यादव लगायतले मधेश आन्दोलनको भावना र मर्म बमोजिम संविधान संशोधन नभए संघीय सरकारको बिरुद्धमा संघर्ष गर्नुको बिकल्प नभएको बताए ।
सो अवसरमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव, मुख्यमन्त्री राउतले मधेश आन्दोलनका क्रममा शहीद भएका ४६ जना शहीद परिवारलाई रोजगारीको नियुक्तिको डेमो प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरे । त्यस्तै विभिन्न मधेश आन्दोलनका क्रममा घाइते भएका प्रदेश २ भित्रका ९७ जनालाई कार्यक्रममा राहतस्वरुप आर्थिक सहयोग प्रदान गरिएको थियो । बदिलानी दिवसकै दिन राजपाको विद्यार्थी संघका जनकपुर नगर उपसभापति सहित दर्जनौं नेविसंघमा प्रवेश गरेका थिए ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...