न्याय सेवा आयोगका १८५ जनाको सरुवा सिफारिस – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

न्याय सेवा आयोगका १८५ जनाको सरुवा सिफारिस

नयाँ विकल्प,

काठमाडौं – न्याय सेवा आयोगको बैठकले ११ सहसचिव सहित १८५ जनाको सरुवा सिफारिस गरेको छ । बैठकले ११ जना सहसचिव, ४० जना उपसचिव र १३४ शाखा अधिकृत गरी कुल १८५ जनाको सरुवा गर्न सिफारिस गरेको हो ।
आइतबार बसेको आयोगको बैठकले ११ सहसचिवहरुको जिम्मेवारी हेरफेरसहित सरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सरुवामा सिफारिस भएका मध्ये कानुन समूहका सहसचिव अर्जुन कुमार खड्कासहित कोशचन्द्र सुवेदी, पाराश्वर ढुङ्गाना, टिकाराम पाण्डे र धर्मराज कुइँकेल रहेका छन् । त्यसैगरी सरकारी वकिल समूहबाट सहन्यायाधिवक्ताहरु ईश्वरी प्रसाद बञ्जाडे, दमनसिंह बिष्ट, अच्युतमणि न्यौपाने, ज्ञान प्रसाद भुसाल, कृष्णप्रसाद पुडासैनी र पुण्य प्रसाद पाठकको सरुवा सिफारिस भएको छ । आयोगको बैठकले ४० जना उपसचिवहरूको पनि सरुवा गर्ने निर्णय गरेको छ । आयोगको बैठकले कानून समूहका ४० जना उपसचिवको एकैपटक सरुवा गर्न सिफारिस गरेको हो । आयोगको बैठकले १४० जना शाखा अधिकृतहरुको पनि सरुवा सिफारिस गरेको छ । आयोगको बैठकले न्याय समूहबाट ४९ जना, कानून समूहबाट १२ जना र सरकारी वकिल समूहबाट ७३ जनाको सरुवा गर्न सिफारिस गरेको हो । आयोगको बैठक कुल १३४ जना शाखा अधिकृतको सरुवा गर्न सिफारिस गरेको छ ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७८ चैत्र ६, २१: २७

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७८ चैत्र ६, २१: २७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७८ चैत्र ६, २१: २७

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...