
नयाँ विकल्प,
काठमाडौं – गृह मन्त्रालयले दोलखा र पर्वमा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा सह–सचिव भोजराज खतिवडालाई सरुवा गरिएको छ । पर्वतमा सहसचिव नारायणप्रसाद सापकोटालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । दोलखा र पर्वतका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए । पर्वतमा देवी पाण्डे खत्री कार्यरत थिइन् । दोलखामा कार्यरत प्रजिअ टेकराज निरौलाले अवकास पाएसँगै त्यहाँ प्रजिअ पद खाली थियो ।
काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...
काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...
काठमाडौँ । नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...