किन रोज्छन कंसाकारलाई हरेक सरकाले ?
काठमाडौ । नेपाल विश्वकै धेरै गरिव मात्र होइन, धेरै भ्रष्टाचार हुने मुलुकमा पनि गन्हाएको छ । भ्रष्टाचार हुने संस्था, स्थान र व्यक्तिका चरित्र फरक फरक भए पनि राजनीतिक दलका नेतालाई नै उनीहरुले जोड्ने गरेका छन् । नेपालका पछिल्लो तीन दशक यताको इतिहास हेर्ने हो भने धेरै जसो घुस खाने अड्डाको रुपमा मालपोत, बैदेशिक रोजकार र यातायात व्यवस्था कार्यालय र त्यसका कर्मचारीलाई लिन सकिन्छ ।
यो तथ्य मात्र होइन, सत्य पनि हो । भ्रष्टाचार हुने चर्चित ठाउँमा भौतिक पूर्वाधार र शिक्षा मन्त्रालयलाई लिने गरिन्छ भने कमिसन र भ्रष्टाचार हुने अड्डा र कार्यालयको रुपमा आयल निगम र नेपाल बायुसेवा निगम नै अग्रणी छन् ।
हवाइ जहाज खरिद प्रकरण र पेट्रोलियम पदार्थको कारोबारमा ति निकायका प्रमुखहरु धेरै विबादित मात्र होइन गन्हाएका पनि छन् । २०४८ सालदेखिको घटनालाई नियाल्ने हो भने, धमिजा काण्ड, लाउडा काण्ड, चाइना साउथवेष्ट काण्डपछि पछिल्लो समय चर्चामा आएको काण्ड हो, वाईडबडी जहाज खरिदमा भएको भ्रष्टाचार ।
नेपाल बायु सेवा निगमका कार्यकारी निर्देशक रहेका सुगतरत्न कंसाकार विगतदेखि नै गन्हाएका र अख्तियारले डामेर छाडेका व्यक्ति हुन । कुनै वेला नेपाल टेलिकमको महाप्रवन्धक भएर ठेक्का र खरिद प्रकरणमा करोडौं कुम्ल्याएका कंसाकार बारम्बार किन एनएसीमा कार्यकारी पदमा नियुक्त भएर आउँछन भन्ने घटनाले धेरैले आश्चर्य चकित बनाएको छ । टेलिकममै दुर्नाम कमाएका कंसाकार नेपाल बायु सेवा निगमका तत्कालिन महाप्रवन्धक हङकङ रानाको कार्यकारी अधिकारमा हस्तक्षेप गर्दै अध्यक्ष बनेका थिए ।
आजभन्दा १०बर्ष अघि नै जहाज खरिद प्रकरणमा बिबादमा तानिएका कंसाकारलाई मापदण्ड विपरित प्रकृया पुरा नगरी जहाज खरिदका लागि ६० लाख रुपैयाँ बैना दिएर निगमलाई डुबाएका थिए । सोही केसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई भ्रष्टाचारको अभियोगमा जेल पनि हालेको थियो । पछि अदालतको आदेशबाट छुटेका कंसाकारको हालिमुहाली फेरि नेपाल बायुसेवा निगममा चल्न थालेको हो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारको समयमा निगम छिरेका कंसाकार पछि डा. बाबुराम भट्टराईको समयमा पनि उनीसँग उत्तिकै निटक थिए । उनलाई भ्रष्टाचारको अभियोगमा थुनामा रहँदा भट्टराई पत्नी हिसिला यमी सदर खोर चारखालमा नारा जुलुस गर्दै आएकी थिइन् । उनीसँग कंसाकारलाई जातिय आधारमा पूर्वाग्रह राखेर जेल हालिएको भन्दै अन्य दलका नेता समेत चारखालमा कंसाकारको पक्षमा नारा जुलुस गर्न आएका थिए ।
यतिवेला नेकपा नेतृत्वको सरकारका संस्कृति पर्यटन तथा नागारिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीलाई माया जालमा पार्न सफल भएका कंसाकारले नै वाईडबडी जहाज खरिदको प्रपञ्च र योजना बनाएका थिए । वर्तमान प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुँदा २०७२ सालमा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएको बेला २०७३ सालमा र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७४ सालमा सबै प्रधानमन्त्रीसँग समदूरी मात्र होइन अत्यन्त निकटको सम्वन्ध राख्दै आएका छन् ।
कंसाकारको सबै प्रधानमन्त्रीदेखि लिएर तत्कालिन पर्यटनमन्त्रीहरु जीवनबहादुर शाही, जितेन्द्र देवदेखि लिएर रविन्द्र अधिकारीलाई समेत मिलाउन सक्ने अद्भूत क्षमता देखेर सबै दलका दोश्रो तहका नेताहरु यतिवेला तीन छक्क परेका छन् ।
नेता, मन्त्री र मन्त्रालयका सचिवलाई आफ्नो हातमा र बसमा लिन मोहनी लगाउन सक्ने कला कहाँबाट सिके भनेर धेरैले चासो र उत्सुकताका साथ खोज्न थालेका छन् । वाईड बढी जहाज खरिद प्रकरणका दोषीलाई कारबाही गर्नु पर्छ भनेर सत्तापक्षदेखि लिएर प्रतिपक्षी दलका नेता, सांसद र मन्त्रीले समेत भन्ने गरेका छन् ।
तर उनीहरु आफूले नभएर अरुकै पालामा निर्णय हुने गरेको भन्दै पन्छिने गरेका छन् । वाईडबडी जहाज खरिद प्रक्रिया शुरु गर्दा आफूहरुले सार्वजनिक खरिद ऐनको पूर्ण पालना गरेको तत्कालिन पर्यटन मन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको दाबी छ । तर, त्यसपछिका मन्त्री, सचिवहरु भने विगतकै मन्त्रीको समयमा भएको निर्णयलाई आफूहरुले निरन्तरता मात्र दिएको भन्दै पन्छिन थालेका छन् । आखिर यो सबै खरिद प्रकरणका मूल खलनायक भनेकै निगमका कार्यकारी निर्देशक सुगतरत्न कंसाकार नै हुन् ।
संघीय संसदको सार्वजनिक लेखा समितिले उपसमितिमार्फत तयार गरेको छानबिन प्रतिवेदनले कंसाकारलाई तत्काला निलम्बन गरी कारबाही थालनी गर्नु पर्ने निष्कर्ष निकालेको छ । तर, सबै राजनीतिक दलका प्रमुख र शीर्ष नेतासँग बलियो सम्वन्ध बनाएका कंसाकार यतिवेला हरेकजसो सार्वजनिक महत्वका कार्यक्रममा उपस्थित हुने गरेका छन् ।
समितिको प्रतिवेदनलाई आधारमा मानेर कंसाकारलाई प्रक्राउ गर्न प्रहरीलाई सम्वन्धित निकायले निर्देशन दिएको छैन र प्रहरी पनि कंसाकारलाई छोएर रिस्क मोल्न चाहँदैन् । कंसाकारले प्रधानमन्त्रीहरु ओली, देउवा र प्रचण्डलाई समेत गुमराहमा राखि सम्झौता स्पेसिफिकेसनभन्दा फरक हुने गरी जहाज खरिद गर्न सक्ने क्षमता भएका कंसाकारले मन्त्रीदेखि मन्त्रालयका सचिव र संचालक समितिका सदस्यलाई समेत खुसी बनाउन सफल भएका थिए ।
उनले स्वच्छ छवि भनेर चिनिएका हालका गृह सचिव प्रेमकुमार राईलाई समेत निर्णय प्रक्रियामा संलग्न गराउन सकेका थिए । तथापी राईलाई नमुछ्न संसदीय समितिका सत्ता र विपक्षी सांसद समेत तयार भएपछि राईले उपसमितिको प्रतिवेदनमा अभियोग बनाए पनि समितिको प्रतिवेदनमा भने अभियोगबाट मुक्त गराएका छन् । आखिर वाईडबडी जहाज खरिद प्रकरणमा कमजोरी गर्ने को हुन भनेर कुनै पनि दलका शीर्ष नेताले बोलेका छैनन् ।
काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...
काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...
काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५...