काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुनेछ । प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो ।
चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भएको थियो । राजपा सांसद वृषेशचन्द्र लाल र नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीसहितका सांसदहरुले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
संशोधन प्रस्तावमाथि छलफल गर्दै राजपा सांसद लालले उक्त विधेयक थप छलफलका लागि विधायन समितिमा पठाउन माग गरेका छन् । अर्का संशोधनकर्ता सांसद अधिकारीले भने छलफलमा भाग लिएनन् ।
लले उक्त विधेयक थप छलफलका लागि विधायन समितिमा पठाउन माग गरेका छन् । अर्का संशोधनकर्ता सांसद अधिकारीले भने छलफलमा भाग लिएनन् ।
दुबै संशोधन प्रस्तावलाई अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेश गरेका थिए । दुबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
संशोधन प्रस्तावमाथि जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गराउन ढिला भइसकेको भन्दै थप छलफल गर्न समय नभएको बताए । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा पर्याप्त छलफल भएको भन्दै पारित गर्नुपर्ने बताएका थिए ।
राष्ट्रियसभा बैठक सुरु हुनासाथ कांग्रेसका सांसद जीतेन्द्र देवले समय लिएर बोल्दै केसीसँग वार्ता गर्न र आजैका दिनदेखि वार्ता टोली गठन गरेर केसीसँग वार्ता गर्न आग्रह गरेका थिए ।
प्रतिनिधिसभाभन्दा राष्ट्रियसभा परिपक्व भएकाले चिकित्सा शिक्षा विधेयकलाई परिमार्जन गर्नुपर्ने बताए । सांसद देवले विधेयकलाई विधायन समितिमा पठाउन माग गरे ।
आफ्नो भनाइ टुंग्याएपछि कांग्रेस सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । तर अध्यक्ष गणेश तिमिल्सिनाले सभाको कारबाही अगाडि बढाए । कांग्रेस सांसद अधिकारीले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएको भए पनि छलफलमा भाग लिएनन् । बिहीबार राष्ट्रियसभाको बैठकभरी नेपाली कांग्रेसका सांसदहरु भने उभिएरै विरोध जनाइरहेका थिए ।
काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेदरल्यान्ड्सको...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...