भारतले पठायो नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य वृद्धि सूची – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

भारतले पठायो नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य वृद्धि सूची

नयाँ विकल्प,

काठमाडौं – नेपाल आयल निगमले शुक्रबार भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्य सूची प्राप्त गरेको जानकारी दिएका छ। निगमले आईओसीसँग तेल किन्ने मूल्य डिजेलमा प्रतिलिटर २ पैसा, मट्टितेलमा २२.१९ रुपैयाँ र हवाई इन्धनमा ४.२३ ले मूल्य बढेको छ । एलपी ग्याँस प्रति सिलिण्डर २७३.३८ रुपैयाँले महँगिएर आएको छ । निगमका अनुसार पेट्रोल भने प्रति लिटर १.४६ रुपैयाँले घटेर आएको छ । यो मूल्य सूचीअनुसार अहिलेकै बिक्री मूल्य अनुसार १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमले जानकारी दिएको छ । निगमलाई अब पेट्रोलमा प्रतिलिटर २७.०७ रुपैयाँ र डिजेलमा ३२.२७ रुपैयाँ घाटा पुगेको छ । मट्टितेलमा प्रतिलिटर १.९९ रुपैयाँ, अन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १२.८४ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिलिटर ६१ रुपैयाँ नाफा छ । एलपी ग्याँसमा प्रतिसिलिन्डर ९५३ रुपैयाँ घाटा हुनेछ ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७८ चैत्र १८, २१: १०

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७८ चैत्र १८, २१: १०

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७८ चैत्र १८, २१: १०

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...