
नयाँ विकल्प,
विराटनगर – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता गठबन्धनमा रहेका दलमा अझैपनि निर्वाचनमा मिलेर जाने भन्ने विषयमा भ्रम र अस्पष्टता रहेको बताएका छन् । उनले कांग्रेसभित्रै पनि कतिपयले चुनावी गठबन्धन र तालमेलका विषयलाई एउटै कोणबाट व्यख्या गरिरहेको बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेस केन्द्रीय समितिको निर्णय गठबन्धन गरेर जाने नभई आवश्यकता र औचित्यताका आधारमा तालमेल गर्न सकिने भएको बताए । उनले गठबन्धन र तालमेलका विषयमा भ्रम रहेकाले यसलाई प्रष्ट नपारे भोली अप्ठ्यारो पर्न सक्ने बताए ।
कोइरालाले केन्द्रीय समितिको निर्णयप्रति आफु प्रतिबद्ध रहेको भन्दै आवश्यकता र औचित्यका आधारमा तालमेल गर्दा पनि त्यसको अधिकार जिल्ला र क्षेत्रलाई दिइएको बताए । उनले केन्द्रले हस्तक्षेप गर्दा भोली देशभरी विरोध हुने भएकाले उम्मेदवार छान्ने काममा पनि केन्द्रले हस्तक्षेप गर्न नमिल्ने बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...