नेपालको अर्थतन्त्रको हालत श्रीलंकाको जस्तै बन्न लागेको एमालेका अध्यक्ष ओलीको दाबी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपालको अर्थतन्त्रको हालत श्रीलंकाको जस्तै बन्न लागेको एमालेका अध्यक्ष ओलीको दाबी

नयाँ विकल्प,

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको दाबी गरेका छन् । उनले सरकारले अब कर्मचारीलाई तलब र जेष्ठ नागरिकलाई भत्ता दिन नसक्ने बताएका छन् ।
आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लाग्दा पनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको बताए ।

नेता ओलीले भने,‘अर्थतन्त्रको हालत हेर्दा श्रीलंका बन्न जाँदैछ नेपाल । केही समयपछि तपाइँहरूले तनाखा पाउनु भएन भने अनौठो नमान्नु होला । तनाखा दिनसक्ने अवस्था छैन । जेष्ठ नागरिकहरुले भत्ता पाएनन् भने अनौठो नमान्नु होला । दिनसक्ने अवस्था छैन । योजनाहरु, आयोजनाहरु काटिएका छन् ।’

उनले देशको अर्थतन्त्र यो अवस्थामा पुग्दा पनि गठबन्धनमा लागेकाहरु एमालेलाई रोकियो भनेर खुसी भएको बताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ चैत्र २७, २१: ०३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७८ चैत्र २७, २१: ०३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ चैत्र २७, २१: ०३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...