पर्वत श्रृंखला चुरे संरक्षण्मा सबै पक्षको सहकार्य आवश्यक पर्ने राष्ट्रपति भण्डारीको भनाइ – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

पर्वत श्रृंखला चुरे संरक्षण्मा सबै पक्षको सहकार्य आवश्यक पर्ने राष्ट्रपति भण्डारीको भनाइ

नयाँ विकल्प,

रौतहट – राष्ट्रपति विद्यादेवी भण्डारीले तराइ मधेशको जीवनसँग प्रत्यक्ष जोडिएका चुरे क्षेत्रको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएकी छन् ।

आइतबार रौतहटको माधवनारायण नगरपालिका–३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्दै उनले चुरे पर्वत श्रृंखलाको संरक्षणमा सरोकारवाला सबै गम्भीर रुपले लाग्नुपर्ने धारणा राखिन् ।
चुरे क्षेत्रमा हाल राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत संरक्षणका विभिन्न कार्यक्रम भइरहेको छ । राष्ट्रपति भण्डारीले तराइ मधेशको भूभागमा कृषि कार्यलाई प्रोत्साहन गर्दै अन्नबाली उत्पादन बढाउँदा त्यसले देशको अर्थतन्त्रमा ठूलो टेवा दिने बताइन् ।
कृषि उद्योगको विकासबाट स्वेदशमै रोजगारी सिर्जना भई स्थानीय समुदायको आयआर्जन गराउन तथा उद्यमशीलता प्रवर्द्धन गर्न समेत मद्दत पुग्ने उनले बताइन् ।
प्रदेश सरकारले सुरु गरेको बेटी बचाउ, बेटी पढाउ कार्यक्रमले मधेशका छोरीहरुको शैक्षिक स्तरमा वृद्धि भएको बताउदै राष्ट्रपति भण्डारीले स्थानीय सरकारहरुले विद्यालय शिक्षा तथा स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखिन् ।

सम्बन्धित समाचार

सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
  • २०७८ चैत्र २७, २१: १०

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २०७८ चैत्र २७, २१: १०

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...

इरानले होर्मुज बन्द गर्‍यो
इरानले होर्मुज बन्द गर्‍यो
  • २०७८ चैत्र २७, २१: १०

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...