उम्मेदवार सिफारिस गर्दा कुनै शुल्क नलिन कांग्रेसको निर्देशन – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

उम्मेदवार सिफारिस गर्दा कुनै शुल्क नलिन कांग्रेसको निर्देशन


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसले उम्मेदवार सिफारिसका लागि कुनै पनि शुल्क नलिन निर्देशन गरेको छ । कतिपय जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क लिएको समाचार आएपछि कांग्रेसले यस्तो निर्देशन जारी गरेको हो । केही दिन यता, पार्टीका तल्ला तहले शुल्क लिइरहेको भन्ने सूचनाका आधारमा कांग्रेसको केन्द्रीय कार्यालयले आइतबार उम्मेदवार सिफारिसकै लागि कुनै पनि शुल्क नलिन भनेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले ७७ वटै जिल्ला कार्यसमितिमार्फत् प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, सबै स्थानीय तह कार्यसमिति र वडा कार्यसमितिहरूलाई सर्कुलर गरेका छन् । पार्टीको विधानको व्यवस्था विपरीत हुने गरी कुनै पनि शुल्क नलिन पौडेलको निर्देशन छ । ‘पार्टीको विधान र नियमावली २०७६ को व्यवस्था बमोजिम पार्टीको क्रियाशील सदस्य तथा लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क तथा अन्य सहयोग रकम ९लेबी० बाहेक अन्य कुनै पनि किसिमको रकम लिन÷उठाउन नमिल्ने स्पष्ट व्यवस्था छ ।’

केन्द्रीय कार्यालयले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘कतिपय जिल्लामा उम्मेदवार सिफारिसकै लागि शुल्क लिइएको भन्ने कुरा विधान विपरीत हुन्छ, यसमा केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सम्बन्धित समाचार

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७८ चैत्र २७, २१: ४९

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७८ चैत्र २७, २१: ४९

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७८ चैत्र २७, २१: ४९

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...