कांग्रेसले माग्यो स्थानीय तह निर्वाचनको घोषणापत्रका लागि सबै क्षेत्रबाट सुझाव – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

कांग्रेसले माग्यो स्थानीय तह निर्वाचनको घोषणापत्रका लागि सबै क्षेत्रबाट सुझाव

नयाँ विकल्प,

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणापत्रका लागि सबै क्षेत्रबाट सुझाव मागेको छ । कांग्रेसले जारी गर्ने घोषणापत्रमा कुनै पनि पक्षका विषयहरु नछुटुन भन्नका लागि सुझाव माग गरेको हो । घोषणापत्रमा समेट्नुपर्ने विषयबारे नेता, कार्यकर्ता र सर्वसाधारणसँग सुझाव संकलनका लागि टोल फ्री सेवा सञ्चालनमा ल्याएको छ ।

समितिले घोषणापत्रमा सर्वसाधारणका सुझावसमेत समेट्ने गरी टोल फ्री सेवा, मोबाइल र सामाजिक सन्जाल खुला गरेको हो । कांग्रेसले घोषणापत्र निर्माण समितिको संयोजकमा महामन्त्री गगनकुमार थापालाई तोकेको छ । थापाले समितिलाई विस्तार गर्दै अहिले घोषणापत्रमा समेट्नुपर्ने विषयहरुबारे समूहगत रुपमा छलफल गरिरहेका छन् ।

घोषणापत्रबारे छलफल गर्न कांग्रेसले ३० चैतमा केन्द्रीय समितिको बैठक बोलाएका छ । पार्टीको घोषणापत्र वैशाख ११ गते सार्वजनिक गर्ने गरी तयारी अघि बढाइएको समितिले जनाएको छ ।

सर्वसाधारण र मतदातासमेतको सुझाव संकलन गर्ने गरी टोल फ्री सेवा र सामाजिक सन्जालबाट समेत सुझाव संकलन गर्न लागिएको छ । घोषणापत्र लेखन समितिले जनताका सुझाव संकलनका लागि टोल फ्री नम्बर र मोबाइल नम्बर सञ्चालनमा ल्याएको हो ।
समितिले १६६००११५८८८ र मोबाइल नम्बर ९८५१३४२५५५ नम्बरमा सम्पर्क गरेर घोषणापत्रका लागि सुझाव दिन सबैलाई अनुरोध गरेको छ । भाइबर नम्बर र ह्वाट्स एप तथा सामाजिक सञ्जाल फेसबुक पेज तथा वालको माध्यमबाट सुझाव दिन सकिनेछ ।

यी माध्यमहरूबाट कांग्रेसको सातवटा प्रदेश समिति, ७५३ पालिका कार्यसमिति, नेपाली कांग्रेस पार्टी, विभिन्न जनसमुदाय र आम मतदाता समेतबाट लिखित तथा मौखिक सुझाव लिने र ती सुझावलाई घोषणापत्रमा समेट्ने काम प्रारम्भ भएको समितिले जनाएको छ ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७८ चैत्र २८, २०: ५७

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७८ चैत्र २८, २०: ५७

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७८ चैत्र २८, २०: ५७

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...