काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिप्रति खुला असन्तुष्टि जनाएका छन् ।
टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा सोधिएको प्रश्नको जवाफ दिने क्रममा ओलीले ‘आफू नेपालमा भएको भए भेनेजुएलाबारे त्यस्तो विज्ञप्ति नआउने’ बताए ।
वक्तव्यमा ‘अलिकति स्लीप भएको’ छ । प्रधानमन्त्री ओली स्वीट्जरल्यान्ड भ्रमणमा रहेका बेला प्रचण्डको विज्ञप्ति आएको थियो । त्यसको भोलिपल्टै प्रधानमन्त्री नेपाल फर्किने क्रममा बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै विज्ञप्तिबारे अनविज्ञ भएको बताएका थिए ।
प्रधानमन्त्री ओलीलाई सोधिएको प्रश्नमा हिजो अमेरिकी राजदूतलाई भेट्नुभयो, त्यसमा वक्तव्यको बारेमा छलफल भयो कि भएन ?’ भन्ने प्रश्नमा प्रधानमन्त्रीले, ‘स्वभाविक रुपमा यो प्रसंग पनि चल्यो । जुन वक्तव्यको प्रसंगबाट यति धेरै तरंग आएको छ वा ल्याइएको छ यो त्यस्तो जरुरी छैन ।
अलिकति स्लिप भएको हो । म भोलिपल्ट आउँदै थिएँ । अघिल्लो दिन वक्तव्य नदिइ नहुने केही कारण तथा जरुरी विषय पनि थिएन र, जुन भाषा प्रयुक्त भयो, त्यो उपयुक्त अलि भएन । त्यसले एउटा तरंग ल्याएको हो ।’
प्रधानमन्त्रीले ‘कोही एकजना साथीले एउटा वक्तव्य दिनुभो । तर, त्यसकै पछाडि देश–देशका बीचका सम्बन्ध अडेका हुँदैनन् । त्यही सुरुवात वा अन्त्य होइन । स–साना घटना कहिले जानेर नजानेर गर्दै जाँदा हुन पनि सक्छन् ।
त्यस्तै कुरालाई लिएर केही लाइनको एउटा वक्तव्य‘ युद्धको घोषणा त गरिएको छैन त्यहाँ । अमेरिका यत्रो ठूलो देश, विशाल देश र सवल देश । सानो चिजले छुँदा पनि प्राणै जाने खालका स–साना जीवनहरु हुन्छन् । तर, विशाल जनावरको टाउकोमा केही बस्यो भने थाहा पाउँदैन उसले । त्यत्रो देशले यस्तो स–साना कुरामा अल्झिनु नराम्रो कुरा हो ।
प्रधानमन्त्री ओलीले ट्रम्पको नाम नलिइ भने, ‘आफ्नो नाम लिएर बोलिएको प्रसंगमा अमेरिकालाई अलिकति चित्त दुखेको होला । त्यस्तै चित्त दुखाउने कुरा हो भने हामीजस्तो सानो देशलाई अर्को देशको अंग होइन र भनेर कसैले भन्यो भने अलि धेरै चित्त दुख्ने होइन र अलिक सानो र कमजोर भयो भने चित्त दुखाउन नपाउने, ठूलो भयो भने धेरै चित्त दुखाउनुपर्ने हो र ? त्यसकारण यस्ता स–साना स्लीप भएका कुराहरु‘ ठूलाहरुका पनि स्लीप हुन्छन्, हामी देखिरहेका छौं, भइरहेका छन् ।
अरुका पनि स्लीप हुन सक्छन् । त्यसर्थ हामीले त्यो सम्बन्धमा आफ्नो दृष्टिकोण अझै स्पष्ट पारिरहेका छौं । जस्तो मान्छेले भयावह चित्रण गर्न खोजेका छन् । त्यस्तो होइन । सम्वन्ध सप्रिदै जाने बताए ।
प्रधानमन्त्रीले म नेपालमै भएको भए यस्तो कुरा ‘आउने थिएन, स्वभाविक रुपमा । हाम्रा सुस्पष्ट नीतिहरु छन् । स्थिर नीतिहरु छन् । त्यसकारणले गर्दा त्यस्तो हुने थिएन । मैले भने नी एउटा त्यो अलिकति स्लीप भएकै हो । त्यसैमा अल्झिराख्नु राम्रो होइन ।
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...