
नयाँ विकल्प,
काठमाडौं – । सत्ता गठबन्धनका दलहरुको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ । आज बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले यस्तो निर्देशन दिएको हो । नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो । सत्ता गठबन्धनले स्थानीय तहको नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो ।
बैठकले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयअनुरुप भागबन्डाको खाका समयसीमा तोकेर पठाउन निर्देशन दिने निर्णय भएको हो । बैठकले त्यसका लागि मापदण्डसमेत निर्धारण गरेको हो । मापदण्डअनुसार २०७४ को स्थानीय तहको निर्वाचनमा जुन पार्टीका उम्मेदवार जितेको छ सोही कायम गर्ने र नेकपा (एमाले) ले जितेको ठाउँमा मतभारलाई समेत ध्यान दिएर प्रतिवेदन पठाउन भनिएको छ ।
आगामी वैशाख ३० गते एकै चरणमा ७५३ स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर प्रतिस्पर्धा गर्दैछन् ।
काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...
काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...