उम्मेदवार टुंगो लगाउन सात सहमहामन्त्रीलाई सातै प्रदेशमा पठाउनेः कांग्रेस – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

उम्मेदवार टुंगो लगाउन सात सहमहामन्त्रीलाई सातै प्रदेशमा पठाउनेः कांग्रेस


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सात जना सहमहामन्त्रीलाई स्थानीय तह निर्वाचनका उम्मेदवारको टुंगो लगाउन सात प्रदेशमा पठाउने निर्णय गरेको छ ।
आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउन वैशाख ३ गते सहमहामन्त्रीलाई सात प्रदेशमा पठाउने निर्णय गरेको हो ।

उनीहरूलाई प्रदेशमा उमेदवार टुंगो लगाउने जिम्मेवारी दिइएको छ । प्रदेशमा उम्मेदवारको टुंगो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउने र केन्द्रले वैशाख १० गते बिहानसम्म टुंगो लगाउने निर्णय गरेको छ ।

वैशाख २ गते केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७८ चैत्र ३०, २०: ५२

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७८ चैत्र ३०, २०: ५२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७८ चैत्र ३०, २०: ५२

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...