
काठमाडौं – नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । उनले दिएको निवेदन दर्ता हुन भने बाँकी छ ।
आफूलाई गरिएको निलम्बन खारेजीको माग गर्दै उनले आइतबार रिट निवेदन दिएका हुन् । सर्वोच्चका प्रवक्ता विमल पौडेलले निलम्बित गभर्नर अधिकारीले अदालतमा रिट पेश गरेको र सोमाथि अध्ययन भइरहेको बताए ।
सरकारले गत चैत २५ गते अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो । आफूलाई निलम्बन गर्ने सरकारको निर्णय असंवैधानिक रहेको जिकिर रिट निवेदनमा गरिएको छ । उनले निलम्बनको निर्णय खारेज गरी आफ्नो पुनर्बहालीको माग रिट निवेदनमार्फत गरेका छन् ।
यता, आफूमाथि निलम्बनको कारबाही गैरकानुनी भएको भन्दै अधिकारीले दिएको रिटमाथि सर्वोच्च अदालतले अध्ययन गरिरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
सरकारलाई सहयोग नगरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...
जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...
काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ। प्रहरीका अनुसार...