सशस्त्र प्रहरीको एआईजीमा अर्याल सिफारिस – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

सशस्त्र प्रहरीको एआईजीमा अर्याल सिफारिस


नयाँ विकल्प,

काठमाडौं- सशस्त्र प्रहरीको रिक्त रहेको अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)मा डीआईजी राजु अर्याल सिफारिस भएका छन् । उनको सिफारिससँगै अर्याल भावी आईजीपी बन्ने बाटो पनि खुलेको छ। आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई सिफारिस गरेको हो। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको आइतबार बसेको निर्णयानुसार उनको नाम सिफारिस भएको गृह मन्त्रालयले जनाएको छ। यसबारे सशस्त्र प्रहरी नियमावलीको नियम ३८ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि सूचनासमेत आइतबार नै प्रकाशित गरिएको छ। एआईजीमा बढुवा हुन ४ जना डीआईजीले आवेदन दिएका थिए । चैत ३० मा बढुवा समितिका सदस्य–सचिव आईजीपी पुष्पराम केसीले प्रतिस्पर्धीहरुलार्ई ३ दिने सूचना जारी गरेका थिए । बढुवाका लागि डीआईजीहरू राजु अर्यालसहित नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहालले आवेदन दिएका थिए ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७९ बैशाख ४, २२: ३०

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७९ बैशाख ४, २२: ३०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७९ बैशाख ४, २२: ३०

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...