बारा । बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारका सदस्यले छानबिनको माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्र्मीले नियोजित रुपमा सो दुर्घटना गराई हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिँदै छानविनको माग गरेका हुन् । माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व–पश्चिम राजमार्गको पसाहा पूल नजिक सो सवारी दुर्घटना भएको थियो ।
प्रजिअ भट्टराईका भाई नरेश भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त घटना नियोजित भएको शंका र आशंका गर्ने ठाउँ प्रसस्त देखिएकाले छानबिनको माग गरेका छन् । उक्त घटनाको प्रकृति हेर्दा नियोजित रुपमा घटना भएको देखिएको र एउटा सामान्य चालकलाई जोगाउनका लागि बहालवाला सचिवदेखी पूर्व सचिवसम्मका, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरुले लागे पछि हामी झन आश्चर्य चकित भएका् भट्टराईले जनाएका छन् ।
उनका अनुसार घटना भएको तीन साता पुगिसक्दा पनि सामान्य केरकार बाहेक प्रहरीले अन्य अनुसन्धान गरेको नदेखनुबाट परिवारका सदस्य शसंकित भएका हुन् । उक्त घटनामा परी प्रहरी उपरिक्षक पोखरेलको घटनास्थलमा नै निधन भएको थियो भने प्रजिअ भट्टराई हाल शिक्षण अस्पताल, महाराजगञ्जमा कोमामा उपचाररत छन् । मृतक पोखरेलका परिवारले बारामा र भट्टराईका परिवारले महानगरिय प्रहरी वृत महाराजगञ्जमा किटानी जाहेरी दिएका छन् ।
चालक राउतले तिव्र गतिमा अर्थात प्रति घन्टा सय किमि भन्दा माथीको गतिमा सवारी चलाउनु र रोकिराखेको ट्रयाक्टरको ट्रेलरमा नियोजित रुपमा ठोकाउनुले शंका पैदा गरेको जनाएका छन् । घटना भए लगत्तै चालक कुर्मीले प्रहरीलगायत सवन्धित निकायलाई कुनै जानकारी नदिएकाले पनि थप शंका उत्पन्न भएको परिवारका सदस्यद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । जबकी चालक कुर्मी दुर्घटनामा सामान्य घाइते भएका थिए ।
नरेशका अनुसार उक्त गाडीमा रहेका अंगरक्षकले सो दुर्घटना पछि चालक कुर्मीले अपत्यारिलो र असहज व्यवहार गरेको जानकारी दिएका छन् । बारा बरमपुरीका स्थायी बासिन्दा चालक कुर्मी बिगत २३ बर्षदेखी निरन्तर बारा प्रजिअको सवारी चालकको रुपमा कार्यरत छन् । उनले सिडिओको चालक भएको हैसियतमा बिचौलियाको काम गर्ने र बीरगञ्ज, कलैया र काठमार्डौको अनामनगरमा अकुत सम्पति जोडेको पिडितहरु बताउँछन् ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...