धादिङको थाक्रे गाउँपालिमा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

धादिङको थाक्रे गाउँपालिमा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु

नयाँ विकल्प,

काठमाडौं – धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो ।

दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको छ ।

घाइते भएका उनीहरुको उपचारका क्रममा चालक डिलबहादुर र बिमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृत्यु भएको हो । बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७९ बैशाख ११, २१: ०२

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७९ बैशाख ११, २१: ०२

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७९ बैशाख ११, २१: ०२

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...