
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेस ललितपुरले जिल्लाका नेता तथा कार्यकर्तालाई गठबन्धनमा रहेका दलहरुसँग मित्रवत् प्रतिस्पर्धा हुने भएकाले सोहीअनुसार गर्न निर्देशन दिएको छ ।
गठबन्धनप्रति मित्रवत प्रतिस्पर्धाको भावना राखेर कांग्रेस र नेकपा माओवादीबीच भएको दुई दलीय संयन्त्रको निर्णय बमोजिम निर्वाचनमा लाग्न निर्देशनमा आह्वान गरेको हो ।
कांग्रेस ललितपुर सभापति जिनेन्द्रकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आवद्ध दलसँग मित्रवत् प्रतिस्पर्धा र विपक्षीहरुलाई पराजित गर्ने रणनीतिअनुरुप निर्वाचन प्रचार प्रसारको अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उनले ११ वैशाख मध्याह्न पश्चात बागमती प्रदेश संयन्त्रबाट कांग्रेस र माओवादी केन्द्रको बीचमा मात्रै सहमति भएको निर्णय र पार्टीबाट उम्मेदवारहरुको टिकटसमेत प्राप्त भएकोले सोही अनुरुप पालिकाहरुमा उम्मेदवारी दिने प्रक्रियामा पुगिएको जनाएका छन् ।
श्रेष्ठले बागमती प्रदेश संयन्त्रको दुई दलीय निर्णय पश्चात् ललितपुर जिल्ला संयन्त्रको प्रारम्भिक छलफल र सहमति भन्दा फरक स्थिति उत्पन्न भएकोले वडाहरुको बाँडफाँटमा केही समस्या उत्पन्न भएको र उम्मेदवारी मनोनयनको अन्तिम दिन गठबन्धनको सम्पूर्ण व्यवस्थापन गर्न नसकिने भएकोले बागमती प्रदेश संयन्त्रको निर्णय अनुसार कांग्रेस ललितपुरले प्रमुख, उप–प्रमुख सहित अधिकांश वडाहरूमा मनोनयन दर्ता गराएको जनाएका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...