एमालेले जस्तो हावादारी घोषणापत्र कांग्रेसले तयार गर्न सकेनः महामन्त्री शर्मा – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

एमालेले जस्तो हावादारी घोषणापत्र कांग्रेसले तयार गर्न सकेनः महामन्त्री शर्मा

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले जमिनमा टेकेर गर्न सकिने कामहरुमात्र घोषणापत्रमा उल्लेख गरेको बताएका छन् ।

आज एमाले अध्यक्ष केपी शर्माले कांग्रेसको घोषणा पत्रसम्बन्धमा दिएको अभिव्यक्तिको जवाफ महामन्त्री शर्माले फर्काएका हुन् । एमाले अध्यक्ष ओलीले कांग्रेस घोषणा पत्रलाई पागलहरूको प्रलाप भनेर टिप्पणी गरेका थिए ।

महामन्त्री शर्माले सामाजिक सञ्चालमार्फत उनले एमालेले जस्तो हावादारी घोषणापत्र कांग्रेस तयार गर्न नसकिएको बताएका छन् ।
शर्माले सामाजिक सञ्जालमा लेखेका छन् , जिम्मेवार सपना त्यो होइन जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ, सपना त्यो हो जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ , जमिनमा टेकेर गर्न सकिने कामहरु मात्रै उल्लेख कांग्रेसको घोषणापत्र श्रद्धेय केपी शर्मा ओली लाई मन परेन ठिकै छ। तर कम्तिमा विषयको बहसमा आउन चाहेकोमा धन्यवाद छ उहाँलाई

शर्माले एमाले अध्यक्ष ओलीले मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन खोजेको भन्दै त्यसलाई उनले उडन्ते सपनाहरुको गफको भएको संज्ञा दिएका छन् ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७९ बैशाख १३, २०: ५९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७९ बैशाख १३, २०: ५९

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७९ बैशाख १३, २०: ५९

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...