मोबाइलदेखि मोटरसाइकलसम्मका १० वस्तु आयातमा रोक – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

मोबाइलदेखि मोटरसाइकलसम्मका १० वस्तु आयातमा रोक

नयाँ विकल्प,

काठमाडौं । सरकारले १० वस्तुको आयातमा बन्देज लगाएको छ । यसअघि नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनमा आयातमा प्रतिबन्ध गरिएका करिव ३७ बस्तुहरुको आयात भने खोल्ने तयारी गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर कुरकुरे, मदिरा, टिभी, मोबाइल, मोटरसाइकललगायत १० वस्तुको आयातमा रोक लगाएको हो ।

आयात बन्देज लगाइएको वस्तुहरुमा सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु छन् । हिरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिको रंगिन टेलिभिजन जिप, कार र भ्यान, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना र तास आयातमा बन्देज लगाइएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनपछि बैंकहरूले एलसी खोल्न रोक लगाएका वस्तुहरूको एलसी खुल्ने भएको छ । सरकारले यही वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै १० वटा वस्तुहरूको पैठारीमा रोक लगाउने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

नेपालमा बाघको संख्या ४२९
नेपालमा बाघको संख्या ४२९
  • २०७९ बैशाख १४, १३: ३२

काठमाडौं : पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण...

राजनीतिक दलहरूको संयुक्त अपिल- शान्ति र सद्‍भाव कायम राखाैं
राजनीतिक दलहरूको संयुक्त अपिल- शान्ति र सद्‍भाव कायम राखाैं
  • २०७९ बैशाख १४, १३: ३२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम...

कोहलपुरमा सेप्टिक ट्यांकीमा निसास्सिँदा ३ जनाको मृत्यु
कोहलपुरमा सेप्टिक ट्यांकीमा निसास्सिँदा ३ जनाको मृत्यु
  • २०७९ बैशाख १४, १३: ३२

​​​​​​​ काठमाडौं : बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्यांकीभित्र काम गर्ने क्रममा निसास्सिएर ३ जना मजदुरको ज्यान गएको छ । जिल्ला...