
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा न्याय नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बुधबार वक्तव्य जारी गर्दै कोइरालाले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् । टिकट वितरणमा मापदण्ड बनाई अगाडि बढेको भए सबैप्रति न्याय गर्न सकिन्थ्यो तर पार्टी त्यो नगरेकाले टिकट वितरणमा अन्याय भएको उनको भनाइ छ ।
जारी वक्तव्यमा बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिक रुपमा कुरा उठाउँदा पनि ध्यानपूर्वक नेतृत्वले नसुनेको उनले बताए ।
उनले जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठहरु नै पार्टी छाडी अन्य पार्टीमा ओत लाग्न पुगेको बताएका छन् । ’कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ ।
ती साथीहरुलाई कांग्रेसको मुल प्रवाहमा फर्कन म आग्रह गर्दछु,’ उनले भनेका छन्, ’त्यस्तै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन ।’
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार मात्र कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ललाई पार्टीबाट निस्काशन गरेका थिए । कोइरालाले यो घटनालाई संकेत गर्दै असन्तुष्टि जनाएका छन् ।
’सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन् । कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ,’ उनले भनेका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...