सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने

नयाँ विकल्प,

काठमाडौं – सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने र २ दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरिसकेको छ ।

मन्त्रिपरिषद् बैठकले भारतको नयाँदिल्लीमा हुने रायसिना डायलगमा राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष विश्व पौडेललाई सहभागिताका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले सशस्त्र प्रहरीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा डीआईजी राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७९ बैशाख १४, १६: ३८

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ बैशाख १४, १६: ३८

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७९ बैशाख १४, १६: ३८

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...