
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावका समयमा धेरै असन्तुष्टि देखिए पनि त्यसको समाधान हुने बताएका छन् । उनले हतार र आवेगमा निर्णय नलिनकन पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एक भएर पार्टीलाई जिताउन आग्रह गरेका छन् ।
काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले २०७४ सालको चुनावमा बहुमत पाएको एमाललेले मत पाएअनुसार जिम्मेवारी पूरा गर्न नसकेकोले त्यो जिम्मेवारी अब कांग्रेसले लिनुपर्ने बताए ।
गएको चुनावमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बनेको र स्थानीय सरकारमा कांग्रेसको पनि केही अनुभव रहेको भन्दै अबको पाँच वर्ष कांग्रेसले चलाउनुपर्ने बताए ।
स्थानीय निर्वाचनलाई सफल पार्ने पहिलो र कांग्रेसलाई पहिलो दल बनाउने गरी मत ल्याउन पहल गर्ने दोस्रो कर्तव्य भएको उनले उल्लेख गरेका छन् ।
निर्वाचनको बिषयलाई लिएर पार्टीभित्र आएका सबै असन्तुष्टि वेवास्ता गरेर नबसेको उनले बताए । चुनावमा होमिइसकेपछि पार्टीको निर्णयलाई सबैले सम्मानपुर्वक मान्नुपर्ने उनको भनाई छ ।
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उनको उपचारको क्रममा मंगलबार निधन...
काठमाडौं । मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर निस्केर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको भन्दै हास्य कलाकार हरिवंश आचार्यले...
काठमाडौं : नेपाली कांग्रेस ले विशेष महाधिवेशनमार्फत संशोधन गरेको विधानमा केन्द्रीय विभागसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । संशोधित व्यवस्थाअनुसार अब...