मन्त्रीमण्डल फेरबदल हुने ! – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

मन्त्रीमण्डल फेरबदल हुने !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद्मा रहेका काम गर्न नसक्ने र राम्रो परिणाम ल्याउन नसक्ने मन्त्रीहरुलाई बिदाई गर्ने भएका छन् । त्यसको लागि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिरहेको बुझिएको छ । प्रधानमन्त्री ओली नेकपाका कार्यदलको बिबाद र आफ्नो ११ गते शनिबार परेको जन्म दिवस मनाउन बढी व्यस्त भएका कारण पर्फमेन्स राम्रो नल्याउने मन्त्रीलाई बिदाई गर्ने गृहकार्यमा जुटेका हुन् ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुको एक बर्षको काम हेरेर मुल्यांकन गर्ने र काम गर्न नसक्नेलाई बिदाई गर्ने तयारी गरिरहेको पुष्टी कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले गरेका छन् । उनले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने भन्दै मन्त्रिमण्डल फेरबदल हुनु कुनै नौलौ कुरा नभएको भन्दै राम्रो काम गर्न नसके स्वयम् आफैं पनि हट्न तयार भएको बताएका छन् । उनले आफ्नो हकमा भने प्रधानमन्त्री र पार्टीले हटाउनु नपर्ने र आफै पदबाट हट्ने बताएका छन् ।

पार्टी कार्यकर्तासँग भेट्न अर्घाखाँची पुगेका खनालले जुनसुकै पार्र्टीको सरकार सत्तामा आएपनि टिकाटिप्पणी हुने गरेको र प्रतिपक्षले सरकारको आलोचना गर्ने गरेको बताए । उनले पार्टीले सरकारको राम्रो कामको प्रचार गर्न नसकेको गनासो गरे ।उनले राष्ट्रिय गौरवका आयोजना अगाडी वढाएर सरकारले राम्रो काम गरेको भन्दै रेल, पानी जहाज लगायतका योजना अगाडी सार्दा नकारात्मक टिप्पणी आएको गुनासो गरे ।

सम्बन्धित समाचार

६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
  • २०७५ फाल्गुन १३, १०: ०६

काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
  • २०७५ फाल्गुन १३, १०: ०६

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
  • २०७५ फाल्गुन १३, १०: ०६

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...