बागी उम्मेदवारमाथि दलका नेता र राज्यसत्ताको दबाव दिनु गलत भएको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

बागी उम्मेदवारमाथि दलका नेता र राज्यसत्ताको दबाव दिनु गलत भएको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ

Photo: Naresh Shrestha/ THT

नयाँ विकल्प,

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहका विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारलाई विभिन्न राजनीतिक दलका नेता र राज्यसत्ताबाटै दबाव दिनु गलत भएको बताएका छन् ।
उनले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई विभिन्न राजनीतिक दलका नेताले धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै यस्तो कुरा निर्वाचन आयोगका लागि सह्य नहुने बताएका छन् ।
शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुको लागि अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा उनले लोकतन्त्रलाई विश्वास गरेर निर्वाचनमा गएको हो भने लोकतन्त्रमा चुन्ने र चुनिन पाउने अधिकारलाई कुनै पनि हालतमा कुण्ठित गर्न नमिल्ने स्पष्ट पारे ।

उनले संयमित भएर राजनीतिक दल र उम्मेदवारहरुले स्थानीय तह निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा स्वतन्त्र उम्मेदवारहरुलाई धम्की दिनु उचित नभएको बताए । थपलियाले कुनै पनि किसिमको दबाव, त्रास, प्रलोभन, कुनैपनि किसिमको कारबाहीको धम्की वा शक्तिको प्रयोग गरेर उम्मेदवारमाथि दबाव दिए लोकतन्त्रविरोधि गतिविधि हुने बताए ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७९ बैशाख १६, २१: ३२

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७९ बैशाख १६, २१: ३२

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७९ बैशाख १६, २१: ३२

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...