
नयाँ विकल्प,
काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सबै पदमा गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको छ । आयोगले शुक्रबार जारी गरेको तथ्यांकमा काग्रेसबाट पुरुष १८५४३ र महिला १२८८२ जना गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको छ ।
जसमध्ये नगर प्रमुखमा २५० जना पुरुष र १५ जना महिला गरी २६५ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा ३६२ पुरुष र १९ जना महिला गरी ३८१ जना उम्मेदवार उठाएको छ ।
त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा ३० जना पुरुष र १८२ महिला गरी २१२ जना उम्मेदवार उठाएको छ । त्यसैगरी काँग्रेसले गउँपालिका उपाध्यक्षमा ६७ जना पुरुष र २९३ जना महिला गरी ३६० जनालाई उम्मेदवार बनाएको छ भने वडाअध्यक्षमा ६,०६२ जना पुरुष र ८० जना महिला गरी ६१४२ जनालाई उम्मेदवार बनाएको निर्वाचन आयोग ले जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...