बालेन शाह दर्तावाल ठग भएको केशव स्थापितको आरोप – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

बालेन शाह दर्तावाल ठग भएको केशव स्थापितको आरोप


नयाँँ विकल्प,

काठमाडौं – स्वतन्त्र उम्मेदवार बालेन शाहलाई एमालेको तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार बनेका केशव स्थापितले अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन् ।

आइतबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा स्थापितले बालेनले आफूलाई मधेसको साह नभनी काठमाडौंको ठकुर शाह भनेर झुक्क्याइरहेको पनि बताए ।

आफुसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । हिजो टिकटक हेरेको त मधेसतिरको साह भएको थाहा पाएको उनले बताए । स्थापितले सुरुवातमै शाहले ठग कुरा गरेको सुनाए ।

त्यस्तै उनले गठबन्धनका उम्मेदवार सिर्जना सिंहमाथि पनि प्रश्न उठाएका छन् । सिंहसँग नीति–कार्यक्रम केही नभएको भन्दै काठमाडौं कस्तो छ र यसलाई कसरी रूपान्तरण गर्ने भन्ने कुरा केही थाहा नभएको तथा मञ्चमा आउने तागत समेत नभएको बताए ।

सम्बन्धित समाचार

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७९ बैशाख १८, २०: ३९

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...

सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७९ बैशाख १८, २०: ३९

काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...

गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन
गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन
  • २०७९ बैशाख १८, २०: ३९

काठमाडौँ : गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । आज गृहमन्त्री सुधन गुरुङले...