असल अभ्यासलाई निरन्तरता दिँदै संगठनको श्रीवृद्धिमा जोड दिन नवनियुक्त प्रहरी महानिरीक्षक सिंहको निर्देशन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

असल अभ्यासलाई निरन्तरता दिँदै संगठनको श्रीवृद्धिमा जोड दिन नवनियुक्त प्रहरी महानिरीक्षक सिंहको निर्देशन

नयाँ विकल्प,
काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले प्रहरी संगठनका असल अभ्यासहरुलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गर्ने बताएका छन् ।
प्रहरी प्रशासनमा आर्थिक पारदर्शिता कायम र जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल हुने उनले समेत उनले जनाए ।

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उनले संगठनको श्रीवृद्धिमा जोड दिने बताए ।

आसन्न स्थानीय तहको निर्वाचन अहिले राष्ट्रिय प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सफलतापूर्वक सम्पादन गर्न उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिएका थिए ।

व्यक्तिगत स्वार्थ त्यागी निर्भिकताका साथ आ–आफ्नो व्यावसायिक धर्म निर्वाह गर्न समेत उनले सम्पूर्ण अधिकृत तथा जवानहरूलाई निर्देशन दिएका थिए । गैर व्यावसायिक आचरण र व्यवहार किञ्चित सह्य र क्षम्य नहुने उनले बताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ बैशाख १९, २१: ३१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ बैशाख १९, २१: ३१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ बैशाख १९, २१: ३१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...