गुणस्तरीय स्वास्थ्य सेवासहित दक्ष जनशक्तिको देशैभरी परिचालन गर्न माग – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

गुणस्तरीय स्वास्थ्य सेवासहित दक्ष जनशक्तिको देशैभरी परिचालन गर्न माग

काठमाडौं । स्वास्थ्य विमालाई देशब्यापी विस्तार गर्न पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेकपा सांसद खगराज अधिकारीले प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावना पत्रमा सबै जिल्लामा स्वास्थ्य विमाको कार्यक्रम विस्तार गर्नुपर्ने उल्लेख गरेका छन् । हाल ३९ जिल्लामा लागू गरिएको छ ।

स्तरीय स्वास्थ्य सेवा दिन जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने बताउँदै अधिकारीले १४ सय डाक्टरले जनतालाई गुणस्तरीय सेवा दिन अप्ठेरो हुने बताए । गुणस्तरीय औषधी, उपकरण र जनशक्तिको प्रवन्ध गरी ७ वटै प्रदेशमा आईसीयू सुविधासहितको अस्पताल सञ्चालन गर्न आवश्यक रहेको पनि बताए । एमबीबीएसको अध्ययन शुल्क सरकारले ४२ लाख तोकेकोमा मेडिकल कलेजहरुले ५२ लाखसम्म शुल्क नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रस्तावमा समर्थन जनाउँदै सांसद अञ्जना विशंखेले स्वास्थ्य मन्त्रालयबाट तिव्र गतिमा अस्पताल खोल्ने कार्य भइरहेको तर जनशक्तिमा ध्यान नदिइएको पाइएको बताइन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओएनएम सर्वे नै नगरी कर्मचारी भर्ना गर्न कार्य भइरहेको पाइएको बताइन । उक्त प्रतिष्ठानमा प्रतिष्ठान बनेपछि मातृशिशु जस्ता सुविधाहरु कटाइएको बताइन् ।

सांसद मनकुमारी जिसीले जनताको नैसर्गिक अधिकारका रुपमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइन ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७५ फाल्गुन १४, ०८: ०३

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७५ फाल्गुन १४, ०८: ०३

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७५ फाल्गुन १४, ०८: ०३

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...