
काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । AS350 हेलिकोप्टर दुर्घटनामा मन्त्री लगायत ७ जनाको दुर्घटनामा परी निधन भएको प्रहरीले बताएको छ ।
करीब ३ बजेतिर दुर्घटना स्थलमा पुगेका व्यक्तिहरुले ७ जनाको लास जलेको देखेको बताइएको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेका हुन् । घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलेको थियो ।
प्रतिकूल मौसमका कारण ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहितको शव ल्याउन कठिनाइ परेको बताइएको छ । उद्धारका लागि सिम्रिकको हेलिकप्टर दुर्घटनास्थल पुगेता पनि घटनास्थलमा अवतरण गर्न नसकी फर्किएको थियो ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...