कारबाहीमा काँग्रेसका बागी उम्मेदवार – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

कारबाहीमा काँग्रेसका बागी उम्मेदवार

नयाँ विकल्प,

खोटाङ- नेपाली काँग्रेस ऐसेलुखर्क गाउँपालिकाका गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सभापति सन्तवीर तामाङ साधारण सदस्य समेत नरहने गरी निष्कासित भएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका तामाङलाई काँग्रेसको विधान, २०१७ को दफा ३४ को उपदफा ४ क बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको काँग्रेस खोटाङले जनाएको छ ।

वैशाख १२ मा मनोनयन गर्नेक्रममा गठबन्धनबाट तोकिएको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार दर्ता गराएका तामाङलाई पार्टीकातर्फबाट सम्झाइ बुझाई गर्दा समेत मनोनयन पत्र फिर्ता नलिइएकाले कारबाही गरिएको काँग्रेस खोटाङको अनुशासन विभागले जनाएको छ ।

यसैगरि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा काँग्रेसका उम्मेदवार राजदेश राईविरुद्ध बागी उठेका उम्मेदवारलाई समेत कारबाही गर्ने जनाइएको छ । दलले बागी उम्मेदवार दिने नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिए पनि तामाङले पछि हट्न अस्वीकार गरेका हुन् ।

सम्बन्धित समाचार

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७९ बैशाख २०, १३: २०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७९ बैशाख २०, १३: २०

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...

सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
  • २०७९ बैशाख २०, १३: २०

काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...