
नयाँ विकल्प,
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । उनले शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको दाबी गरेका छन ।
नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले ‘बालेन भन्ने पात्रबारे केही नबोल भन्छन् तर मैले त ठग्ने काम नगर है मात्र भनेको हो ’ बताउछन ।
बालेनको चर्को आलोचना गरेका उनले ‘जे पायो, त्यही गरेर’ र्याप भन्ने गरेको बताए ।
उनी भन्छन ‘ बालेन भन्ने पात्रलाई केही पनि नबोल भन्छन् । ठीक छ, बोल्दिनँ । तर मैले उठाएको कुरा के भने त्यो गर्नै नहुने काम गर्यो । राजनीतिमा यस्तो प्रवृत्तिलाई प्रशय दिनु हुन्न । ‘ उसले के गर्यो भने आफ्नो फोटो यत्ति शरीरतिर देखाएर टिसर्ट लगाएको जिउ राख्यो, मेरो टाउको हालेर तल लौरो राख्यो र भन्यो, केशव स्थापितलाई जिताऊँ, लौरोमा छाप हालौं भन्छ । कस्तो बेइकुफ रहेछ ,’ स्थापित बताउछन् ।
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...
जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...
काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ। प्रहरीका अनुसार...