पोस्टमार्टममा ढिलाई हुने भएपछि श्रद्धाञ्जली कार्यक्रम भोलि हुने – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

पोस्टमार्टममा ढिलाई हुने भएपछि श्रद्धाञ्जली कार्यक्रम भोलि हुने

काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, एयर डाइनेस्टिका पाइलट प्रभाकर केसी, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै इन्जिनियर ध्रुव भोछिभाया र प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल सहित सात जनाको बुधबार निधन भएको छ ।

मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लगिएको छ । सबैको पोष्टमार्टम हुने भएता पनि रिपोर्ट साँझ पाँच बजेसम्म आइपुग्ने त्रिवि अस्पतालले जनाएको छ ।

उक्त शवको परिवारले पहिचान गरे भने समयमै टुँडिखेलमा राखिने छ भने शव पहिचान गर्न नसके डिएनए परीक्षण गरेर भएपनि शवको पहिचान गर्ने भएकोले ढिलो हुने कानुन मन्त्री भानुभक्त ढकालले जानकारी दिए । मृतकहरूलाई श्रद्धाञ्जलि दिनका लागि टुँडिखेलमा आज हुने भनिएको श्रद्धाञ्जलि सभा शुक्रवार मात्र हुने भएको पनि बताए ।

यसैगरी श्रद्धाञ्जलि सभा शुक्रवार बिहान ८ देखि ११ बजेको बीचमा टुँडिखेलमा हुने नेपाका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जनाएका छन् । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले श्रद्धाञ्जली सभा भोलि हुने तय भएको सन्देश ट्वीटरमा लेखेका छन् ।

सम्बन्धित समाचार

सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
  • २०७५ फाल्गुन १६, १०: ५६

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २०७५ फाल्गुन १६, १०: ५६

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...

इरानले होर्मुज बन्द गर्‍यो
इरानले होर्मुज बन्द गर्‍यो
  • २०७५ फाल्गुन १६, १०: ५६

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...