
नयाँ विकल्प,
ताप्लेजुङ – नेपाली कांग्रेस अनुशासन समिति ताप्लेजुङले भने पार्टीका २० जनालाई कारबाही गरेको छ । वैशाख २१ गतेसम्म आफ्नो उम्मेदवारी निष्क्रिय बनाए कुनै कारबाही नहुने सूचना जारी गरिरहँदा ताप्लेजुङ समितिले कारबाही गरेको हो ।
आगामी पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको अनुशासन समितिद्वारा जारी सूचनामा उल्लेख छ ।
कारबाही गरिएकामा वडाध्यक्ष र सदस्यको उम्मेदवारहरू छन् । आमन्त्रित जिल्ला कार्य समिति सदस्य, क्षेत्रिय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिलाई कारबाही गरिएको जनाइएको छ । कारबाहि हुने वडाध्यक्षका बागी उम्मेदवारहरुमा सिदिङवा–७ का बुद्धवीर तामाङ, रत्नबहादुर कडरिया, ३ का हस्तबहादुर कटवाल, पाथीभरा याङवरक गाउँपालिका–४ का चन्द्रमान खोयाहाङ, सिरिजंगा–७ का बुद्धिप्रसाद दाहाल, ४ का तेजबहादुर लिम्बू, फक्ताङलुङ ४ का दत्तबहादुर लिम्बू र फुङलिङ ५ का टिकेन्द्र नेपालीलाई कारबाही गरिएको उल्लेख गरिएको छ ।
त्यस्तै वडा सदस्यका १४ जना उम्मेदवारलाई समेत कांग्रेसले कारबाही गरेको छ । ‘केन्द्रको निर्देशनअनुसारको व्यवहार गरे कारबाही फिर्ता हुने ‘अन्यथा उनीहरूलाई सहयोग गर्ने, उक्साउनेहरूलाई पनि कारबाही गर्ने बताइएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...