देशभर मतदान स्थल र केन्द्र निर्धारण – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

देशभर मतदान स्थल र केन्द्र निर्धारण


नयाँ विकल्प,

काठमाडौं- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरका स्थानीय तहमा कायम हुने मतदान स्थल र केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगका अनुसार सात प्रदेशमा दश हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ वटा मतदान केन्द्र निर्धारण भएको छ । जसअनुसार प्रदेश १ मा १८ सय ७७ मतदान स्थल हुँदा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ मतदाता रहेका छन् भने २१ सय ६३ मतदानस्थल र ४ हजार १ ८९ मतदान केन्द्र रहेका छन् ।
देशकै सवैभन्दा बढी मतदाता रहेको र राजधानी रहेको वागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९ मतदाता रहेका छन् । यो प्रदेशमा १७ सय ९२ वटा मतदानस्थल कायम रहेका छन् भने ४ हजार ९५ मतदान केन्द्र कायम भएको छ ।

गण्डकी प्रदेशमा १७ लाख ७९ हजार ४११ जना मतदाता रहेको र १२ सय ५३ मतदान स्थल र २३ सय मतदान केन्द्रमार्फत मतदान हुने भएको छ । त्यस्तै ३२ लाख १९ हजार ४७५ जना मतदाता रहेको लुम्बिनी प्रदेशमा १६ सय २९ मतदानस्थल र ३८ सय ३२ मतदान केन्द्र निर्धारण गरेको छ । १० लाख १ हजार २८२ मतदाता रहेको कर्णालीमा ९ सय सात मतदानस्थल र १३ सय ८५ मतदान केन्द्र रहेका छन् भने १६ लाख ३२ हजार १५० मतदाता रहेको सुदुरपश्चिम प्रदेशमा ११ सय ३५ मतदानस्थल र २१ सय ३ मतदान केन्द्र निर्धारण गरेको निर्वाचन आयोगले जनाएको छ ।
देशभर ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता, १८३ अन्य र ८७ लाख ४१ हजार ५ सय ३० महिला गरी १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ बैशाख २१, १५: ४९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ बैशाख २१, १५: ४९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ बैशाख २१, १५: ४९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...