
नयाँ विकल्प, काभ्रेको रोशी गाउँपालिका(११ मा तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस टाट सुमोसँग ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी १८ जना घाइते भएका छन् । दुर्घटनामा एक बच्चासहित पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वर्ष ३० को विक्रम श्रेष्ठ, ४५ वर्षीय हरिबहादुर बल, ४५ वर्षीय रमिला नेपाली, ३० वर्षीय सम्झना भुसाल र उनको ६ वर्षीय संगीत भुसाल रहेका छन् ।
यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमो एकआपसमा ठक्कर खाएको थियो ।
दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन नसकेको र घाइतेहरूको उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते हुनेमा ८ जना जीपमा सवार र १० जना बसमा सवार तीर्थ यात्री रहेका छन् । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको स्रोतले बताएको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...