
काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनको पहिलो पुस्तामा गनिएका नेता भरतमोहन अधिकारीको शनिबार निधन भएको छ । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका कान्छा भाइ भरतमोहन अधिकारी २०५१ सालमा बनेको अल्पमतको सरकारका चर्चित अर्थमन्त्री हुन ।
उनैले नेपालमा बिकासको मोडल परिवर्तन गरी आफ्नो गाउँ आफै बनाउँ भन्ने अभियान र सामाजिक सुरक्षाको अवधारणालाई परिवर्तन गरी ७५ बर्ष पुरा भएका सबै बृद्ध बद्धालाई बृद्धभत्ताको व्यवस्था गरेका थिए । उनकै पालामा प्रत्येक गाउँ विकास समिति र नगरपालिकामा सरकारले बजेट छुट्याउने प्रथा र प्रचलन शुरु गरेको थियो ।
नेपालका तीन प्रधानमन्त्रीका पीता दुम्जाका कृष्णप्रसाद कोइरालाका भानिजका छोरा भरतमोहन अधिकारीले समेत कृष्णप्रसाद कोइरालाले खोलेको विराटनगरको आर्दश माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका थिए । भारतको इलाहावादबाट इन्टरमिडियट, बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्र, दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातक तथा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र कानुनमा स्नातक गरेका थिए ।
१९९३ साल बैसाख २२ मा महोत्तरीको भ्रमण पुरा गाउँमा जन्मेका अधिकारी भारतमा अध्ययनकै क्रममा बामपन्थी राजनीतिमा प्रवेश गरेका थिए । सक्रिय राजनीतिक जीवनमा भरतमोहन उपप्रधानमन्त्रीसहित चार पटक मन्त्री भएका थिए । सन् १९५२ मा १६ वर्षको हुँदा भारतको बनारसमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।
उनी २००८ मा गठन भएको आदर्श विद्यालयको छात्र संघका अध्यक्ष पनि भएका थिए । उनले लामो समय वकालत गरेका थिए । २०१९ सालमा कम्युनिष्ट पार्टीमा विभाजन आएपछि उनी पुष्पलाल समूहमा लागे र २०४६ सालको आन्दोलनका बेला मनमोहन अधिकारी, सहाना प्रधान रहेको नेकपा माक्र्सवादीमा उनी संलग्न थिए । ०४६ सालको आन्दोलनको सफलतापछि ०४७ सालमा गठन भएको संविधान सुझाव आयोगमा उनी सदस्य भए । मदन भण्डारी नेतृत्वको माले र मनमोहन अधिकारी नेतृत्वको माक्र्सवादीबीच एकीकरण भएपछि बनेको एमालेका स्थायी समिति सदस्य भए ।
भरतमोहन २०४८, ०५१ र ०५६ मा मोरङको पूर्वी भागमा पर्ने उर्लाबारी, राजघाट र इटहरा समेट्ने क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । मोरङको पूर्वीभागमा बाटो निर्माण, क्याम्पस निर्माण र स्थापना तथा चर्चित बक्राहा नदि नियन्त्रण परियोजना सफलतापूर्वक सम्पन्न गराएका थिए । जसले गर्दा बक्राहा खोलबाट बर्षेनी हजारौं विगाह जमिन बगर हुनबाट बचाएका थिए ।
बिराटनगरस्थित महेन्द्र मोरङ बहुमुखि आदर्श केन्द्रीय क्याम्पसमा अध्यापन गराएका भरतमोहनका श्रीमती र तीन छोरी छन् । ०४९ सालको नेकपा एमालेको पाँचौँ महाधिवेशनबाट पनि स्थायी कमिटी सदस्य चुनिएका उनी छैठौँ, सातौँ र आठौँ महाधिवेशनबाट लगातार स्थायी समितिमा चुनिए । २०७१ एमालेका महाधिवेशनले सक्रिय राजनीतिका लागि ७० वर्ष उमेर हद तोकेपछि उनले २०७१ असार २५ गते महाधिवेशन हलबाटै अवकाशको घोषणा गरेका थिए ।
तथापि, उनी ०७४ सालसम्म संविधानसभा (दोस्रो) सदस्यका रूपमा काम गरे । ०४७ को संविधान सुझाव आयोगमा काम गरेका उनले ०७२ सालको संविधान मस्यौदा समितिमा पनि काम गरेका थिए ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...